Sunday, July 15, 2012

वैद्य 'बा'ले चीनसंग के माग्दैछन् ?

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य चीन जाँदै छन्, उनको यो १० दिने चीन भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको पार्टी स्रोतले जनाएको छ ।पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि उनिसंगै भ्रमणका हुनेछन्।

भारतीय हस्तक्षेपको विरुद्ध लड्ने उदघोष गरेको पार्टीको चीनको तिरको बढ्दो मित्रतालाई अस्वभाविक नमानिए पनि अर्थपुर्ण भने मानिएको छ।

केही दिन अघि आएको एक उच्चस्तिरिय चिनियाँ टोलीले नेकपा-माओवादीका नेताहरुसंग घनिभुत छलफल गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईसंग छलफल नै नगरिकन फर्किएको थियो ।

यसैको आधारमा पनि चीनले अव शान्त र शालिन कुटनिति छोडिसकेको अनुमान राजनैतिक वृतका लगाइएको छ । चीनले नेपालमा आफ्नो प्रभाव बढाउन कुन हद सम्म अघि बढ्छ त्यो पनि अनुमानकै विषय भएपनि त्यसको आँकलन भने गर्न सकिन्छ। भारतको छिमेका रहेका बंगलादेश,मालदिभ्स देखी भुटानलाई समेत चीनले अत्यन्तै महत्व दिन थालेको छ भने पाकिस्तानसंग त चीनको पहिले देखिनै मित्रता पुर्ण सम्वन्ध छँदै छ ।

यदी भारतिय दावीलाई सहि मान्ने हो भने पनि चीनले नेपालमा आफ्नो प्रभाव बढाउन कुनै कसर बाँकी राख्ने छैन् । केही दिन अघि भारतिय गुप्तचर एजेन्सी 'र' ले भारत सरकारलाई बुझाएको दस्तावेजमा चीन भारतलाई युद्धको लागि उकास्ने रणनितिमा लागेको सार्वजनिक भएको थियो। 'र'को यस्तो रिपोर्ट संगै भारत आफ्नै आन्तरिक अवस्था मजबुत गर्न तिर लाग्ने निश्चित छ र यही समयमा चीनले छिमेकमा आफ्नो प्रभाव बढाउन आक्रामण रणनिति अख्तियार गर्ने निश्चित छ भने संग संगै दिर्घकालिन मित्र शक्तिको खोजी पनि चीनले जारी राख्ने छ।

वैद्य समुहको नवनिर्मित पार्टी नेकपा-माओवादी ,जसको अहिलेसम्म राजनितिमा शक्तिपरिक्षण समेत भइसकेको छैन्,उक्त पार्टीलाई चीनको दिएको महत्वको विशेष अर्थ राख्दछ किन भने पुरानो चीन हत्तपत्त नयाँ शक्तिलाई विश्वास नगर्ने र स्थापित शक्तिलाई मात्रै 'रिकगनाइज' गर्ने सिद्धान्तमा चल्ने गर्दथ्यो । तर यसपटकको चीनियाँ नितिमा आएको फेरबदलको गहिराईले नेपाली राजनितिमा समेत विशेष तरंग ल्याउने निश्चित मानिएको छ।

यसअघि सम्म चिनियाँ टोलीले देश भित्रका सम्पुर्ण शक्तिलाइ उत्तिकै महत्व दिने गरेको थियो तर यसपटक प्रधानमन्त्री बाबुराम भट्टराईले भेट्न चाहँदा समेत टोलीले कुनै वास्ता गरेन । यसको सिधा अर्थ आफ्नो पक्षमा नदेखिएका शक्तिलाई चीनको वेवास्ताका भन्दा पनि चेतावनीकै रुपमा बुझ्नु पर्ने राजनैतिक विश्लेषकहरु बताउँछन् ।

माथी उल्लेखित राजनैतिक परिवेशमा हुन लागेको नेपालमा एक मात्र शास्त्रिय कम्युनिष्ट मोहन वैद्यको भ्रमण औपचारिक मात्रै नहुने त पक्का छ नै सम्वन्ध बढाउने भेटघाटका रुपमा पनि सिमित हुनेछैन् ।

राजनिति असिमित संभावनाहरुको खेल हो भन्ने जान्नेले सहजै अनुमान लगाउन सक्दछ-दशौ हजारको ज्यान जाने गरी सम्पन्न जनयुद्ध फेरि लड्न सकिन्छ,किने भने जति तितो लागेपनि पुनरावृति नेपाली राजनितिको संस्कार बनिसकेको छ र एउटै कुराको प्राप्तीका लागि तीनपटक समेत जनआन्दोलन भएको नेपाली इतिहास चीनले पनि पढेको छ।

नेपालका अन्य नेताझै गोलमटोल र घुम्नकै लागि वैद्य चीन गएका पक्कै होइनन्, केहि दिन अघि उनकै केही नेताहरुले चुहाइपनि सकेका छन् चीनले सहयोग दिएमा के गर्न सकिन्छ भनेर।

देशका कुनै दलले नदेखेको सत्ता कब्जाको संभावना बैद्यले कसरी देखेका छन् र उनकै पार्टीका केही नेताले भनेझै नेपालमा सशस्त्र युद्धको संभावना कुन आधारमा छ वैद्यले चीनलाई पक्कै पनि बुझाउने छन् र भारतीय हस्तक्षेत रोक्ने गुरुमन्त्र के हो चीनसंग पक्कै साँटिनेछ र वैद्यले चीनसंग के कुरामा सहयोग माग्ने छन् यो पनि लुकेको छैन्

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी