Sunday, July 15, 2012

चितवनका सम्पूर्ण अस्पताल बन्द


चितवन । सुरक्षाको माग गर्दै चितवनका स्वास्थ्यकर्मीहरुले आज सम्पूर्ण काम काज ठप्प पारेका छन् । तीनदिनदेखि लगातार विभिन्न अस्पतालमा स्वास्थ्यकर्मी, चिकित्सक र अस्पतालहरु माथिआक्रमणको घटना बढेको भन्दै ईमरजेन्सी बाहेकका सम्पूर्णसेवा बन्द नेपाल चिकित्सक संघ चितवनले जनाएको छ ।
संघको अर्को निर्णय सार्वजनिक नभएसम्म सेवा बन्द गरिएको संघका सचिव डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गयराती मात्र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.महेन्द्रराज न्यौपानेमाथि आक्रमण भएपछि संघले यस्तो निर्णय गरेको छ ।
गयराती भरतपुर अस्पतालमा उपचारारत मनहरी-३ मकवानपुरका ५४ वषिर्य रामचन्द्रसामरीको मृत्यु भएपछि उनका आफन्तहरुले डा.न्यौपाने माथि आक्रमण गरेका थिए । न्यौपानको देब्रे आखामा चोट लागेको छ । आक्रमणमा संलग्न मृतकका छोरा कृष्णहरीलाई प्रहरीले विहानै नियन्त्रणमा लिइ सकेको छ ।
चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्युभएको भन्दै शुक्रबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्स माथि आक्रमण भएको थियो भने शनिवार आशा नर्सिङ अस्पतालमा तोडफोड गरिएको थियो ।
यसैबीच आकस्मात सुचना टास गरि अस्पतालका सेवाहरु बन्द गरिएपछि उपचार गराउन आएका विरामीहरुमर्कामा परेका छन् । जिल्लाका विभिन्न अस्पतालमा विराहीहरु गेटमै बस्न बाध्य भएका छन् ।
vie" onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी