Sunday, July 15, 2012

प्युठानमा एक वृद्धा बलत्कृत


प्यूठानको खैरामा एक वृद्धालाई स्थानीय युवाहरुको समुहले जवरजस्ती करणी गरेका छन् । प्युठान खैराकी ५० बषिर्या महिलालाई स्थानिय पाँच जना युवाहरुले सामुहीक जवरजस्ती करणि गरेका हुन् । बेलुकाको खाना खाएर भाँडा माझ्न बाहिर निस्केको बेला ति युवाहरुले मकै बारीमा लगेर जबरजस्ति सामुहिक करणि गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी डम्बर बहादुर बिकले जानकारी दिनुभएको छ ।
घटना ४ दिन अघि भएको र करणि गर्ने युवाहरुले सो कुरा कसैलाई भनेमा ज्यानलिने धम्कि दिएकाले आफू ढिला गरी प्रहरीमा गएको पिडित बताइन्  । पीडितका अनुसार जबरजस्ति करणी गर्नेहरुमा कालु दमाई, दिपक थापा, थोजु थापा, दीपक बि.क र राजु सोती रहेका छन् ।
 जिल्ला प्रहरीका अनुसार दिपक थापा र राजु सोती केही समय पहिले युवतिलाई जिस्काएको र जबजस्ति करणि उद्योगको उजुरी प्रहरीमा परेको छन् । घटनामा संलग्न अभियुक्तहरु फरार रहेको र हुलीया सहित खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

vie: onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी