
मृत्यु हुनेमा २८ जना पुरुष, १० महिला, १ नाबालिका रहेका छन् । मृतकमध्ये तीन नेपाली रहेका छन् भने अन्य सबै भारतीय नागरिक हुन् । उनीहरु त्रिवेणीधाममा साउन एक गते परेको सोमबारे औंशीसहितको बोलबम यात्रामा निस्किएका थिए । दुर्घटनामा ५० भन्दा बढी यात्रु घाइते भएका छन् । जसमा १० जना गम्भीर रहेको र उनीहरुको बुटवल र स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । सामान्य घाइतेहरु उपचारपछि घर फर्केका छन् ।
नवलपरासीका प्रहरी प्रमुख ज्ञानविक्रम शाहले भारतको उत्तर प्रदेशतर्फ पानी जाने गण्डक पश्चिम नहरमा १५ हजार क्यूसेकभन्दा बढी पानीको बहाव रहेकोले ठूलो संख्यामा यात्रुहरु हराएको हुन सक्ने बताउनुभयो ।
घटनापछि नहरमा पानी सुकाएर जनपद, सशस्त्र र नेपाली सेनाको टोलीले हराइरहेका यात्रुहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी वीरबहादुर राइका अनुसार नहरमाथिको सडकमा चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।
सो दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको छ । स्थानीयले गरेको उद्धारपछि बाच्न सफल यात्रुहरुले चालकले अत्यधिक मदिरा सेवन गरेको बताएका छन् । उनीहरुले बसमा सयभन्दा बढी यात्रु रहेको जानकारी दिएका थिए ।
नहरमा पानीको बहाव ठूलो भएको हँुदा पनि उद्धारमा कठिनाइ भएको थियो । मृतकहरुमध्ये सबैको सनाखत हुन नसकेको र उनीहरुको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी ल्याइएको एसपी शाहले बताउनुभयो । घटना स्थल सदरमुकाम परासीबाट ४० किमी पूर्व र त्रिवेणीधामबाट तीन किमी पश्चिम पर्छ ।
No comments:
Post a Comment
Thanx for your comment