Sunday, July 15, 2012

आफ्नै यथार्थलाई चिन्दै

विधुर ढकाल ‘प्रिय सिर्जन’

यो गधुली साँझमा
‘म’ नियाल्दै छु यो दुनीयाँ
यो जिर्ण नारायणीको पुलबाट ।
आफ्नो गन्तव्य तर्फ लम्किरहेका पाइलाहरु
हतार–हतार छिचोली रहेका छन् सडकहरु
कोही आँफ्नो वासस्थान तर्फ लम्किरहेका छन्
कोही आफ्नो उघद्देश्य तर्फ आफ्ना पाइलाहरु लम्काइरहेका छन्
सुनौलो रवि किरणवीच एक जोडी ढुकुर
नगरवनको आकाशमा कावा खेल्दै उडिरहेछन्
आफ्नो गुँणतर्फ ।

कल्पनामा हराँउछु
‘म’ पनि ती जोडी जस्तै उड्न पाए
 साँझमा आफ्नो गुँड फर्कन पाए,
मसँगै आकासमा कावा खेल्ने कोही जोडि भइदिए
मेरो सुख दुखमा साथ दिने ?
कोही भइदिए
यो गधुली साँझ अझ रगींन हुने थियो ।

पुलको अर्का छेउ
एक जोडी युवा युवती
प्रेममा लिप्त
एक अर्काको आलिङ्गना वाँधीएर
एक अर्काको ओठमा चुम्वन गर्दै गरेका 
युवती आफ्नो प्रेमीको
कपाल मुसार्दै गरेकी
प्रेमी प्रमीकाको गाला मुसार्दै गरेको

‘म’ पुन ः कल्पनामा हराउँछु
मेरी पनि एक प्रेमीका भइदिएकी भए ?
यतीवेला ‘म’ पनि उसकै आलिङ्गनमा हुन्थेँ होला,
मैले उसलाई चुम्दै गरेको
उसले मलाई चुम्दै गरेकी,
फेरी कल्पनामा हराँउछु
मैले पनि कसैलाई प्रेमीका बनाउन पाए ?
यसरी नै सँधै आलिङ्गनमा बाँधिन पाए ?
यो गधुली साँझ अझै रंगीन हुने थियो ।

रात सन्नटा तर्फ प्रवेश गर्दै छ ।
हतार हतार लम्किदै थिए ।
मलाई कुनै हतार थिएन् ।
किनकी मेरो आफ्नो भन्ने कोही छैन ।
र मेरो आफ्नै गुँड पनि छैन,
‘म’ निस्फिक्री यो सन्नाटामा रम्न सक्छु
विस्तारै जारी रहेको हतार हतार पनि सेलाँउदै छ
नगरवन माथिका लाल जोडी ढुकुर पनि गुँण पुग होलान्
प्रेममा लिम्त लाल जोडीहरु पनि पुगे होला आ–आफ्नै गुण

यो एकान्तमा म लिप्त थिएँ ।
सुनसान बीच
गन्तव्यमा लम्किएका केही लामा गाडिहरु
सुन्यतालाई भङ्ग गर्दै जान्छन
र फेरी सन्नाटा फैलन्छ ।
पुल पर कोलाहल मच्चिन्छ, सेलाउँछ
केही क्षणमा साइरनसहितको एक गाडि
मेरो अगाडि टक्क अडिन्छ ।
आइ खाते साले
कर्कस आवाज आँउछ
फेरी गाडि हुइँकिन्छ ।
त्यो सुन्यताबाट ‘म’ व्युझिन्छु
आफ्नो यथार्थलाई चिन्दै ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी