भरतपुर । नेपाली काँग्रेस चितवनको भदौ १५ गते हुने चुनावका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
जिल्लाको निर्वाचनको जिम्मा पाएको प्रजातन्त्रवादी कानुन व्यवसायी संघ केन्द्रीय समितिले नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य ठाकुरप्रसाद न्यौपानेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिमा प्रजातन्त्रवादी कानुन व्यवसायी संघका केन्द्रीय सचिव सीताराम केसी र कोषाध्यक्ष धु्रबप्रसाद भट्टराई सदस्य रहनुभएको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले चितवनको निर्वाचनको व्यवस्थापन, आचारसंहिता निर्माण गर्ने जिम्मेवारी निर्वाचन समितिलाई दिएको छ । सो समितिका सदस्य भोली चितवन आउने, केन्द्रीय निर्वाचन समितिका प्रमुख यदुनाथ खनालले जानकारी दिनुभयो । भदौ १२ गतेदेखि निर्वाचन प्रक्रिय सुरू हुनेछ ।
चितवन काँग्रेसको सभापतिमा १० जनाको उम्मेदवारी घोषणा भएको छ भने सभापतिसहित सचिव, कोषाध्यक्ष र क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने सदस्यहरुका लागि मतदान हुनेछ । नयाँ कार्यसमितिलाई निर्विरोध बनाउनका लागि पनि पहल र दबाब भइरहेको छ ।
नेपाली काँग्रेसका १५ शुभेच्छुक संघसंस्था तथा व्यक्तिहरुले संयुक्त विज्ञप्ति जारी गरी निर्विरोध कार्यसमिति चयन गर्न दबाब दिएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment