भरतपुर । चितवनका चार राजनैतिक दलहरुले खानेपानी संस्थानलाई खानेपानी
व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने निर्णयको विरोध गरेका छन् । बोर्डले
खानेपानीमा व्यापारीकरण र एकाधिकार कायम गर्न खोजेको भन्दै उनीहरुले विरोध
जनाएका हुन् ।
नेकपा माले, राप्रपा नेपाल, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले संस्थानलाई बोर्डमा हस्तान्तरण गरिने निर्णयको विरोध गर्दै प्रशासन कार्यलयमा संयुक्त ज्ञापनपत्र बुझाएका छन् । संस्थानभन्दा बोर्डको शुल्क महँगो भएकोले उपभोक्तालाई मार पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेकपा मालेका सचिव परशुराम लामिछाने, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, नेकपा माओवादीका सचिव मधुर नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष मोहनमणि ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा माग पूरा गर्न पहलका लागि जिल्ला प्रशासनसँग आग्रह गरिएको छ । ज्ञापनपत्रमा संस्थान हस्तान्तरणको विषयलाई लिएर संस्थानको कार्यालयमा लगाइएको ताला खोल्न पनि माग गरिएको छ ।
यता, उद्योग वाणिज्य संघ चितवनले भरतपुर खानेपानी संस्थानको जिम्मेवारी खानेपानी बोर्डलाई हस्तान्तरण गर्नुपर्ने माग राख्दै सुरू भएको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले एक विज्ञप्ति जारी गरी आफ्नो सम्पत्ति तथा दायित्व बोर्डलाई तत्काल हस्तान्तरण गर्न खानेपानी संस्थानलाई आग्रह गर्नुभएको छ ।
सो परियोजना सञ्चालनका लागि एडीबीसँग ऋण लिँदा नै हस्तान्तरण गर्नुपर्ने कुरा उल्लेख गरिएकोले यसबारे सुरू भएको भरतपुरवासीको आन्दोलनलाई समर्थन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

No comments:
Post a Comment
Thanx for your comment