नारायणगढ । पल्लव साहित्य प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान
पु¥याएको भन्दै छ जना साहित्यकारहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
आइतबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बुद रानाले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।
प्रतिष्ठानले बोधनाथ भीमकुमारी स्मृति पुरस्कारबाट विराटनगरका साहित्यकार दधिराज सुवेदी, पल्लव राष्ट्रिय पुरस्कारबाट धरानका साहित्यकार डा. टङ्कप्रसाद न्यौपाने र शेषनाथ लामिछाने स्मृति बालप्रतिभा पुरस्कारबाट काठमाडांैकी ललिता जोशीलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी पाँच हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पु¥याएवापत चितवनका गजलकार युसुफदीन मिया ‘पाल्पाली’, चाँदनी कञ्चनपुरका लक्ष्मीदत्त भट्ट र काठमाडौंकी गाग्री शर्मालाई सम्मान गरेको छ ।
यसैबीच कार्यक्रममा सम्मानित गजलकार पाल्पालीको ‘एक बहर एक गजल’ र ‘रोशनी’ नामक गजल संग्रह, भट्टको आमाको सम्झनामा शोककाव्य एवम् पल्लव प्रतिष्ठानले प्रकाशन गरेको पल्लव समालोचना विशेषाङ्कको विमोचन गरिएको छ । पुस्तकको प्राज्ञ रानाले विमोचन गर्नुभएको हो ।
कार्यक्रममा पोषराज पौडेल, केशवराज आमोदी, संगीत आयाम, धनराज गिरी, शान्ति शर्मा, धनवीर पराजुली प्रेमविनोद नन्दन, कपिल अज्ञातलगायत तीन दर्जन स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए । तिलकेस्वर लमिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment