नारायणगढ । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन इष्टुको एक भेलाले गत साउन २७ गते भएको अधिवेशन अवैधानिक भएको भन्दै विष्णुहरि थापाको अध्यक्षतामा १५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।
नवगठित समितिका अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा एकतर्फी ढङ्गले भएको जिल्ला अधिवेशनले आम शिक्षकको भावनामाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ । २७ गते सम्पन्न भएको निर्वाचनमा थापा अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्थ्यो ।
नवगठित समितिको उपाध्यक्षमा जनकराज घिमिरे, सचिवमा सञ्जिव पोख्रेल, सहसचिवमा आनन्द पाण्डे र कोषाध्यक्षमा विश्वास अर्याल रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यसैबीच नेपाल इष्टु इलाका नं.१ को भेलाले विष्णुप्रसाद पौडेलको अध्यक्षतमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नरेन्द्र पौडेल सचिवमा महेन्द्र कँडेल, सहसचिवमा दिनेश सेढाईं र कोषाध्यक्षमा प्रभा पाण्डे रहनुभएको छ ।

No comments:
Post a Comment
Thanx for your comment