दिलबहादुर प्रजा |
आर्थिक वर्ष २०६७÷०६८ मा मुद्दा चलाएका १८० अभियुक्तमध्ये ८० जना पक्राउ परी कानुनी दायरामा आएको र अझ १०० जना फरार रहेको उहाँले बताउनुभयो । ‘कार्यालयले गत वर्ष ठूलै उपलव्धि हासिल ग¥यो, वन कार्यालय, स्थानीय प्रशासन तथा स्थानीयवासीको सहयोगले यो उपलव्धि हासिल गर्न सफल भएका छौँ’, सापकोटाले भन्नुभयो, ‘यो उपलव्धि अहिलेसम्मकै ठूलो हो ।’
पक्राउ परेकामध्ये १४ जना पुपक्र्षका लागि थुनामा रहेको उहाँले जनाउनुभयो । पक्राउ परेका बाँकी अभियुक्तहरुलाई धरौटीमा रिहाइ गरिएको सापकोटाले जानकारी दिनुभयो । सोक्रममा जिल्ला वन कार्यालयले ९४७ दशमलव ४७ क्युफिट सालका चिरान तथा गोलियाका साथै २१४ क्यूफिट अन्य जातका काठ अभियुक्तहरुसँग बरामद गरी मुद्दा चलान गरेको छ ।
त्यस्तै एक हजार ५६० दशमलव ६५ क्युफिट सालका गोलिया तथा चिरान काठ र २८४ दशमलव ५१ क्युफिट अन्य जातका काठ बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला वन अधिकृत डा. सापकोटाले जानकारी दिनुभयो ।
अभियुक्तहरुसँगबाट कार्यालयले काठ ओसारपसारमा प्रयोग भएका आठवटा ट्याक्टर, सातवटा मिनी ट्रक र दुईवटा बस नियन्त्रणमा लिएको छ । त्यस्तै महेन्द्र पिकप एक, मोटरसाइकल छ र साइकल १२ वटा बरामद गरेको छ ।
जिल्लाको पूर्वी क्षेत्रका सामुदायिक वन तथा राष्ट्रिय वनहरुबाट बढी मात्रामा तस्करी भइरहेको जिल्ला वन अधिकृत सापकोटाले बताउनुभयो । ‘जिल्लाका पूर्वी क्षेत्रमा बढी मात्रामा तस्करी छ, त्यसलाई नियन्त्रण गर्न हामी लागिपरेका छाँै’, उहाँले भन्नुभयो, ‘संगठित रुपमा हुने तस्करीलाई नियन्त्रण गर्न हामी सफल भएका छाँै ।’ थोरै मात्रामा हुने तस्करी समस्या भएको सापकोटाको भनाइ छ ।
रोजिरोटीका कारण विकट तथा विपन्न क्षेत्रका बासिन्दाहरु तस्करीमा संलग्न भएको उहाँले बताउनुभयो । कार्यालयले तस्कर नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिने सापकोटाले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला वन कार्यालयले बिहीबार राति कविलास गाविस खैरेनीचौर वन डिपोका घाटगद्दिबाट काट तस्करी गर्दै गर्दा ट्रकसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
कार्यालयको गस्ती टोलीले बा.१ख ९८५९ नम्बरको ट्रकसहित चालक २८ वर्षीय कृष्ण गुरुङ, कविलासकै २७ वर्षीय चिना गुरुङ र २१ वर्षीय सञ्जमान भुजेललाई पक्राउ गरेको जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
चोरीसिकारका आरोपी प्रजा थुनामा
भरतपुर । चोरीसिकारीविरुद्धको अभियानमा लामो समयदेखि फरारको सूचीमा रहेका एक अभियुक्तलाई चितवन निकुञ्जले पुर्पक्षका लागि थुनामा पठाएको छ । सिद्धि गाविस–३ बस्ने ३२ वर्षीय दिलबहादुर प्रजा चेपाङलाई थुनामा पठाइएको निकुञ्जले जनाएको छ ।
गत असार २४ गते निकुञ्जबाट खटिएको टोलीले प्रजालाई भरतपुरस्थित चितवन मेडिकल कलेजबाट पक्राउ गरी अनुसन्धान गर्ने गरेको हो । गैँडा मारी खाग बिक्री व्यवसाय मुद्दामा प्रतिवादी कायम भई फरार बनेका प्रजा निकुञ्जको सर्वाधिक खोजीको सूचीमा थिए । धेरै घटनामा संलग्न भएकाले उनी कुख्यात गैँडा सिकारी तथा व्यापारी रहेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत हरिराम दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment
Thanx for your comment