Sunday, August 5, 2012

आधा घण्टा दुई सेवाग्राही थुनिए

नारायणगढ । नारायणगढको लायन्सचोकस्थित केएल मलको लिफ्ट बिग्रँदा आइतबार आधा घण्टासम्म दुई सेवाग्राही थुनिएका छन् ।
केएल मलको माथिल्लो तल्लाबाट तल झर्ने क्रममा गैँडाकोट–४का दीपक गोदार र गैँडाकोट–५ का टीकाराम रिजाल लिफ्टमा थुनिएका हुन् ।
उनीहरुलाई मलका प्राविधिकले आधा घण्टापछि उद्धार गरेको थिए । यसअघि पनि सोही लिफ्टमा दुई पटक सेवाग्राही थुनिएका थिए । पटकपटक सेवाग्राहीहरु थुनिँदासमेत व्यवस्थापनले चासो नदिएको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।






No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी