भरतपुर । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले समयमै काम
सम्पन्न गर्न नसक्दा आर्थिक वर्ष २०६८÷०६९ मा १ करोड ७० लाख रुपैयाँ फ्रिज
भएको छ ।
कार्यालयले समयमा नै कार्य सम्पन्न गर्न नसक्दा सो रकम फ्रिज भएको
कार्यालयको लेखा शाखाले जनाएको छ । सहरी डिभिजन विभागबाट पुनस्र्थापना तथा
पुनः निर्माण शीर्र्षकमा आएको एक करोड ६५ लाख ५ हजार कुल बजेटमध्ये १ करोड
२५ लाख ४७ हजार ५१४ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
फिर्ता भएको रकममा सबैभन्दा बढी एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तर्गतको रहेको छ । एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमअन्तर्गत मात्रै १ करोड ६३ लाख २८ हजार २७२ रुपैयाँ रकम फ्रिज भएको सहरी डिभिजनको लेखा शाखाले जनाएको छ ।
एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रममा ८ करोड ७६ लाख ९८ हजार रुपैयाँ रकम आएको थियो । त्यसमध्ये ७ करोड १३ लाख ६९ हजार ७२८ रुपैया खर्च भएको छ ।
त्यस्तै जनता आवास कार्यक्रमअन्तर्गत ५ करोड २७ लाख ९७ हजार रकम आएकोमध्ये ५ करोड २२ लाख ९६ हजार ३३ रुपैयाँ खर्च भएको छ । कार्यालयले ठेक्का लिएका निर्माण कम्पनीहरुसँग पटक–पटक ताकेता गरे पनि समयमै निर्माण गर्न नसक्दा उक्त रकम रुपैयाँ फ्रिज भएको जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment