भरतपुर । जनताको शान्ति सुरक्षा र सुशासनको जिम्मेवारी पाएको प्रहरीमा
प्रहरी ऐन र आचरणविपरीत कार्यगर्ने प्रवृत्ति बर्सेनि बढ्दो छ ।
नेपाल प्रहरीको संगठनले आचरण र मर्यादाविपरीत कार्य गर्नेमाथि कारबाही गरेपनि प्रहरी ऐन नियमको उल्लङ्घन गर्नेको संख्या बर्सेनि बढ्दो रहेको पाइएको हो ।
अपराधमा संलग्न रहेकालाई पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने जिम्मेवारी पाएको प्रहरी आफँै तस्करसँग मिलेमतो गर्नेदेखि अपराधी भगाउनेसम्मको कार्यमा संलग्न हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
मध्यक्षेत्र प्रहरी कार्यालयले अन्तर्गतका कार्यालयका ४९८ जना प्रहरीमाथि कारबाही गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा प्रहरी ऐनविपरीत कार्य र आचरण गर्ने प्रहरीमाथि विभागीय कारबाही गरेको हो । कारबाहीमा पर्नेमा प्रहरी परिचरदेखि प्रहरी उपरीक्षकसम्म रहेका छन् ।
मध्यक्षेत्र प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले महिलामाथि अनैतिक कार्य, तस्करसँग मिलेमतो, अपराधी भगाउने, मादक पदार्थसेवनलगायतका कार्य गरेकोले कारबाही गरेको बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment