Wednesday, August 8, 2012

तनावमुक्त हुन प्रचण्ड सिमभञ्ज्याङमा

हेटौँडा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि मकवानपुरको सिमभञ्ज्याङ आइपुग्नुभएको छ ।
काठमाडौंको राजनीतिक व्यस्ततालाई छोड्दै प्रचण्ड मंगलबारदेखि सिमभन्ज्याङस्थित पानोरमा होटलमा बस्नुभएको छ । पार्टी र राष्ट्रिय राजनीतिको समेत उचित व्यवस्थापन गर्न नसकेपछि केही समयका लागि भएपनि राजनीतिक तनावबाट मुक्त हुन काठमाडौंबाट प्रचण्ड पानोरमा होटलमा पुगेको जनाइएको छ ।
पार्टीको विभाजनपछि पनि महाधिवेशन आयोजक समिति गठन, सत्ताइतर दलहरुको निरन्तरको विरोध र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने दावी गरेपनि असफलता हात लागेपछि प्रचण्ड केही समययता तनाव र दबाबमा पर्दै आउनुभएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी