भरतपुर । २० औं विश्व स्तनपान सप्ताहको अवसरमा चितवन मेडिकल कलेज भरतपुरले मंगलबार जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरेको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममा स्तनपान गराउँदा हुने फाइदाका
सम्बन्धमा नाटक प्रदर्शन गरेका थिए । चितवन मेडिकल कलेज भरतपुरका प्रथम
वर्ष र तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम भएको
हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम, क्लिनिकल निर्देशक डा.शीतल अधिकारी, बालरोग विभाग प्रमुख डा. शान्ति रेग्मी, बालरोग विशेषज्ञ प्रमुख डा. रवीन बाँनिया, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका नर्सिङ विभाग प्रमुख मीना सिवाकोटीलगायतले बोल्नुभएको थियो ।
कलेजले विश्व स्तनपान दिवस साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment