भरतपुर । भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति
नारायणगढले मगलबार पनि भरतपुर नगरपालिका कार्यालयमा चार घण्टा धर्ना दिएको छ
। समितिले मंगलबार मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना दिएको हो ।
यसअघि समितिले आइतबार र सोमबार पनि धर्ना दिएको थियो । आफूहरुलाई
विनाविकल्प हटाएको भन्दै समितिले साउन २१ गतेदेखि आन्दोलनका कार्यक्रम
गर्दै आएको छ । समितिले आगामी २८ गते नारायणगढ बजारमा आफ्नो व्यवसाय
सञ्चालन गर्ने र सोक्रममा असहज परिस्थिति सिर्जना भएमा भरतपुर नगरपालिकामा
अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिइसकेको छ ।
No comments:
Post a Comment
Thanx for your comment