काठमाण्डौं । महानगरीय प्रहरी परिसर
काठमाण्डौंको हिरासतमा रहेको एक कैदी अदालतबाट फरार भएका छन् । मोटरसाईकल
चोरी मुद्धामा म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौंमा लगिएको बेला
काभ्रे निवासी साइँला तामाङ फरार भएका हुन् ।
महानगरिय प्रहरी परिसरले सोमबार पक्राउ
गरि मंगलबार म्याद थपका लागि तामाङलाई जिल्ला अदालत काठमाण्डौं लगेको थियो ।
म्याद थप गरी कार्यालय फर्काउने क्रममा सुरक्षाका लागि खटाईएका प्रहरी
जवना दिवाकर फ्याल ट्वाइलेट जाँदा हत्कडीबाट हात फुत्काई तामाङ फरार भएका
हुन् ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका
प्रवक्ता प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहका अनुसार तीनजना कैदीलाई
हत्कडी लगाएकोमा तामाङले फुत्काएर अदालत परिसरबाटै फरार भएको खबर राजधानी
दैनिकले छापेको छ । हतकडी निक्कै खुकुलो भएर उनी फरार भएको सिंहको भनाई छ ।
सुरक्षार्थ खटाईएका प्रहरी जवान फुयाँललाई कारबाही सुरु गरिएको छ ।
vie online khabar
No comments:
Post a Comment
Thanx for your comment