बसन्त पराजुली
भरतपुर । कार्यसम्पादन मूल्याङ्कनका लागिमात्रै भए पनि औपचारिकता पूरा गर्न चितवन जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुको २०६८÷६९ का योजनाहरुको समीक्षा गोष्ठी आयोजना गरिएको छ ।
जिल्ला विकास समिति चितवनले आर्थिक वर्ष सकिएसँगै हरेक वर्ष गर्ने नियमित कार्यक्रमअन्र्तगत यो समीक्षा बैठक आयोजना गरेको हो । कार्य सम्पादनको मूल्याङ्कनमा असफल नहोस् भन्नका लागि सो बैठक आयोजना गनुपर्ने बाध्यता छ । सो बाध्यता पूरा गराउनमात्रै समीक्षा बैठक भएको पाइन्छ ।
‘समीक्षा बैठक भनेको कार्यालयहरुको काम कारबाही राम्रो नराम्रो कस्तो भयो र त्यसले भावि कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने देखाउँछ’, गैरसरकारी संस्था समन्वय समितिका अध्यक्ष श्रीप्रसाद दवाडीले भन्नुभयो, ‘कतिपय कार्यालयहरु त औपचारिकताका लागिमात्रै समीक्षा बैठकमा सहभागी भएको पाइयो ।’
बैठकमा कतिपय कार्यालयहरुले प्रोजेक्टर प्रयोग गरेर नै आफ्ना कार्यक्रमका बारेमा जानकारी दिए भने धेरैजसो कार्यालयहरुले भने औपचारिकता मात्रै पूरा गरे । विशेषतः नेपाल विद्युत् प्राधिकरणको भरतपुर र रत्ननगर शाखा, नेपाल टेलिकमको भरतपुर र रत्ननगर शाखा, सहकारी प्रशिक्षण डिभिजन कार्यालयलगायतका कार्यालयहरुले कार्यक्रममा खासै समीक्षाका लागि विषयबस्तु प्रस्तुत गर्न सकेनन् । यतिसम्म कि कतिपय कार्यालयका कार्यालय प्रमुखसमेत कार्यक्रममा सहभागी भएनन् ।
नेपाल विद्युत् प्राधिकरणबाट सहभागी भएका कार्यालयका नवांैस्तरका कर्मचारी प्राविधिक सुपरभाइजर देवराज पराजुलीलाई कार्यक्रममा उठेका जवाफहरु दिँदैमा हम्मेहम्मे भयो । ‘कार्यालय प्रमुखको व्यस्तताका कारण म गोष्ठीमा सहभागी भएको हँु । वर्षभरिको कार्यक्रमहरुको समीक्षा गर्नुपर्छ भन्ने मलाई थाहा भएन’, पराजुलीले चितवन पोष्टसँग भन्नुभयो ।
‘कतिपय कार्यालयका प्रस्तुती सन्तोषजनक देखिएनन्’, स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले भन्नुभयो । उहाँले कुनकुन कार्यालयको प्रस्तुती चित्तबुझ्दो भएन भन्नेबारेमा भने जानकारी दिन चाहनु भएन ।
कार्यसम्पादन मूल्याङ्कनका लागि जिल्लाको दुई अङ्क प्राप्त गर्नका लागि समीक्षा गोष्ठी आयोजना गर्नुपर्ने बाध्यता छ । गएको आर्थिक वर्षमा पनि यो मूल्याङ्कनमा चितवन असफल भएको अवस्था छ ।
भरतपुरमा सुरू भएको समीक्षा बैठकमा बुधबार पहिलो दिन १६ वटा सरकारी कार्यालयले आफ्ना गतिविधि प्रस्तुत गरे । १९ वटा सरकारी कार्यालयले गतिविधि प्रस्तुत गर्ने कार्यक्रम भए पनि १६ वटाले मात्रै प्रस्तुत गरेका हुन् ।
बिहान करिब साढे एघार बजेदेखि साढे चार बजेसम्मको पाँच घण्टासम्म समीक्षा बैठक जारी रहेको थियो । यो समयलाई हेर्ने हो भने एउटा कार्यालयले वर्षभरिको कार्यक्रम प्रस्तुत गर्न र सहभागीहरुबाट समीक्षा गराउन करिब १९ मिनेटको मात्रै समय पाएको देखिन्छ ।
‘एउटा कार्यालयबाट आफ्नो वर्षभरिको कार्यक्रम १९ मिनेटमा कसरी समीक्षा गर्न सक्छ ?’, कार्यक्रममा सहभागी एक जनाले भने । समीक्षा बैठकको दोस्रो दिन बुधबार बिहीबार ३८ वटा गैरसरकारी संस्थाले आफ्ना गतिविधि प्रस्तुत गर्नेछन् । बुधबारको कार्यक्रम पनि बिहान ११ बजेबाटै सुरू हुने स्थानीय विकास अधिकारी बास्तोलाले बताउनुभयो ।
स्थानीय विकास अधिकारी बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी रहनुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment