Friday, August 3, 2012

मानवअधिकार सचेतना कक्षाको समीक्षा

जुटपानी । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’द्वारा जुटपानी गाविसमा सञ्चालित मानवअधिकारसम्बन्धी सचेतना कक्षा कार्यक्रमको शुक्रबार समीक्षा गरिएको गरिएको छ ।
गाविसका नौवटा वडामा नौवटा संस्थाले हरेक वडामा १० वटा मानवअधिकारसम्बन्धी सचेतना कक्षा चलाएका थिए । समीक्षा कार्यक्रमका वडाका प्रतिनिधिहरुले एक वर्षको अवधिमा आइपरेका समस्या, प्राप्त उपलब्धि र सिकाइको बारेमा प्रकास पारेका थिए ।
एक वर्षसम्म सञ्चालन गरिएको मानवअधिकार सचेतना कक्षामा नौ वटा वडामा दुई हजार २०० महिला र ७३२ पुरूष गरी दुई हजार ९३२ जना सहभागी भएका इन्सेक चितवनको प्रतिनिधि सावित्री सापकोटाले जानकारी दिनुभयो ।
हरेक ६ महिनामा नेतृत्व परिवर्तन हुने गरी पहिलो ६ महिनाको संयोजन गर्न वडा नं १ को सयपत्री सेवा समाजका धर्मेन्द्र रायमाझीको संयोजकत्वमा नौवटा संस्थाका प्रतिनिधि रहनेगरी मानवअधिकार सञ्जाल जुटपानी गठन गरिएको इन्सेक चितवनका संयोजक मुकुन्द दाहालले जानकारी दिनुभयो ।
जुटपानी गाविसका सचिव रामप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा नौवटा संस्थालाई प्रशंसापत्र वितरण गरिएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी