विधुर ढकाल ‘प्रिय सिर्जन’
सहरको वीच हराएकोमनलाई खोज्दै छु आज म
सपनाहरु सुन्दर देख्दा सपनाको खोजीमा
हिँडेको मन आज मै सँग छैन्
केवल तन छ साथ
मनको तस्विर मात्र छ एउटा समवेदनाको लागि
सपनाको खोजिमा निस्किएको मनलाई
म विपनामा खोज्दै छु
परेलीका तरेलीहरुबाट आँशुका वलेशी खस्दा
मन पनि सँगै खसेथ्यो
वलेसीबाट वग्दै सागर भेट्न पुगेको मनलाई
म यहाँ कहिँ कतै पाइन्छ की भनेर
खोज्दै छु आशैआशमा
यो तनलाई दिग्भ्रमित पारेर ।
मलाई थाहा थियो
त्यो सागरमा
यो मन तिमीलाई भेट्न जाँदै थियो
र पनि म रोक्न सकिन्
सक्थेँ पनि त म कसरी
तिमीविना अधुरो थियो नी यो
यहाँ मसँग
यो मृत लासलाई नियालेर मात्र
कति वसोस र मन ?
यो मसानघाट कुरेर
त्यसैले त मैले
जान दिएके यो मनलाई सपना तिम्रो खोजीमा
तिमी कहिँकतै भेटिन्छ्यौ कि भनेर
जिन्दगीका नदीहरु तर्दै गर्दा
कँहि कर्त मानवले बनाएका वाँधहरुमा
कोशी र गण्डकी ठूला व्यारेज हरुमा
वाँ तिमी तालिएर पो बसेकी छ्यौ की ?
कहिँ कतै सागर नपुगेर
झिनो आशमा तिम्रै खोजिमा सपना
परेलीका छानहरुबाट आँशुका वलेशीसँगै मनलाई
पठाएको हुँ मैले यो मनलाई
मैले यो पनि सम्झना गरेको हुँ
सपना तिमी फर्केर आउने छैनौँ
तर पनि आश त लाग्दो रहेछ नी
तिमी मेरो पहिलो प्रेम
जसलाई म पहिलो पटक देँखे
सम्झना पनि छ तिमीले भनेका कुराहरु
भन्थ्यौ तिमी
मलाई देख्ने तिमीमा औकात छैन् ।
तिमीले जति सजिलोसँग मलाई देख्यौँ,
म तिमीलाई प्राप्य छैन् ।
म सुन्दर सपना
तिम्रो लागि बनेकी होइन्
तिम्रो भनाई यही थियो होइन् ?
तर पनि मैले तिमीलाई देँखे,
चाहे, र पाउने आशामा पुनः देखिरहँे ।
एक झिल्को आशा देखाएर भागेकी तिमी
तिमीलाई खोज्न
यो मन पठाएको छु
तिम्रै बस्तीमा सपना ,
तिमी फर्केर आइदेउ है
मेरो मनसँग यो तनलाई सझाउन्
(रुपन्देही हाल भरतपुर )
No comments:
Post a Comment
Thanx for your comment