काठमाडौं । हिमालयन टाईगरका नामले चिनीने रेस्लर विसुरालले गाईजात्राको प्रहसनका क्रममा हास्यव्यंग्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई घाइते बनाएका छन् । प्रज्ञा भवनमा जारी कार्यक्रममा रेस्लिङ नामक प्रहसन देखाउने क्रममा विसुरालले उचालेर पछार्ने क्रममा सन्तुलन नमिल्दा धुर्मुसको ढाड, देव्रे घुँडा र दाहिने हातमा चोट लागेको छ ।
घाइते भएका सितारामलाई उपचारका लागि शुभतारा प्राकृतिक उपचार केन्द्रमा लगिएको थियो । दर्शकलाई साचिक्कै लडाई गरेको जस्तो देकाउने क्रममा विसुरालले सन्तुलन मिलाउन नसक्दा उनले गर्ने प्रहसनमा केही असर पर्ने भएको छ। दुखाईका बाबजुत पनि सितारामले भदौ २ गतेसम्म हुने प्रहसन भने नछाड्ने बताएका छन् ।
No comments:
Post a Comment
Thanx for your comment