भरतपुर । अखिल क्रान्तिकारी सप्तगण्डकी बहुमुखी क्याम्पस मूल इकाइ समितिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै संगठनकी केन्द्रीय सचिवालय सदस्य सीता न्यौपानेले विद्राहको नाममा विचलन भई जानेहरुलाई क्रान्तिकारी भन्ने कुनै अधिकार नभएको बताउनुभयो ।
‘क्रान्तिकारीको केन्द्रीय सम्मेलनले जुन नीतिलाई पारित गरेको छ त्यसलाई नै नमान्नेहरुलाई अखिल क्रान्तिकारीको नाम लिन कुनै अधिकार छैन’, उहाँले भन्नुभयो । क्याम्पसमा भइरहेका गैरशैक्षिक क्रियाकलापलाई परास्त गरेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।
इकाइ अध्यक्ष दिलिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रमले विभिन्न विभागहरुको जिम्मेवारी हेरफेरसमेत गरेको छ । भेलाले महिला विभागको जिम्मेवारी रोशनी तिवारीलाई दिएको छ ।
त्यस्तै भेलाले प्रचारप्रसार प्रमुखमा सिर्जन ढकाल, प्रकाशन विभागमा प्रकाश रेग्मी, छात्रवृत्ति विभागमा शीतल रेग्मीलाई चयन गरेको छ । साहित्यिक विभागको जिम्मेवारी राजेन्द्र भुषाल, स्वयम्सेवक विभागको जिम्मेवारी राजकुमार दुरा, खेलकुद विभागको जिम्मेवारी राजु बस्नेतले पाएका छन् ।
भेलाले विभन्न १५ वटा विभाग गठन गरेको प्रसारप्रसार विभागका प्रमुख सिर्जन ढकालले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment