काठमाडौं । चाडवाडको आगमनसँगै दैनिक उपभोग्य वस्तुमा एक्कासि हुने मूल्यवृद्धिले सर्वसाधारण मारमा परेका छन् ।
केही दिनअघिसम्म रु ६५ मा पाइने एक किलो चिनीलाई रु ८० तिर्नुपर्दा न्यून आय भएका वर्ग नराम्ररी प्रभावित भएका छन् । केही व्यापारीले चिनी सञ्चय गरेर बढी मूल्यमा बेच्न चाहेकाले मूल्य बढेको उल्लेख गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले त्यस्ता गोदाममा छापा मार्ने लगायत कारबाही अघि बढाउन वाणिज्य विभागलाई निर्देशन दिइएको बताउनुभयो ।
भन्सार विभाग तथा आन्तरिक राजस्व कार्यालयबाट थोक बिक्रेताको नामावली सङ्कलन भइरहेको जानकारी दिँदै उहाँले सरकार एक्लैले बजारमा हस्तक्षेप गर्न नसक्ने भएकाले सबै राजनीतिक दलको सहयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो । ‘राजनीतिक मतभिन्नतालाई थाती राखेर जनहितका कार्यमा लाग्न हाम्रो आग्रह छ’– जनतालाई आहत पार्न खोज्ने र अनुचित फाइदा उठाउन चाहने व्यापारीलगायतलाई कारबाही गर्न दलहरुको सहयोग आवश्यक भएको बताउँदै सचिव जोशीले भन्नुभयो ।
पन्ध्र हजार मेट्रिक टन चिनी आयात भएको तथा थप २५ हजार मेट्रिक टन मौज्दात रहेकाले अभाव नहुने र भाउ पनि प्रतिकिलो रु ८० भन्दा माथि नजाने साल्ट ट्रेडिङ कर्पोरेसनका व्यापार अधिकृत भगवती राणा दाबी गर्नुहुन्छ ।
त्यसैगरी वाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति विभाग प्रमुख नोदराज पोखरेल नेसनल ट्रेडिङ लिमिटेडलगायतले आयात गरेको दुई हजार पाँच सय मेट्रिक टन चिनी वीरगन्ज आइपुगेको तथा अरू पाँच हजार मेट्रिक टन आउने क्रममा रहेकाले बजारमा चिनीको अभाव नहुने र मूल्य पनि अब नबढ्ने बताउनुहुन्छ ।
साल्ट ट्रेडिङ लिमिटेडको मनोमानीका कारण चिनीको मूल्य बढेको आरोप लगाउँदै उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ सबैभन्दा पहिले साल्ट ट्रेडिङलाई कारबाही गर्नुपर्ने उल्लेख गर्नुहुन्छ ।
व्यापार अधिकृत राणका अनुसार साल्ट ट्रेडिङले प्रति किलो चिनीको थोक मूल्य रु ७५ कायम गरेको बताउनुभयो ।
बल्खुकी गृहिणी अञ्जु नेपालले हिजो मात्र रु ८० प्रति किलोका दरले ५ किलो चिनी किन्नुभयो । खुद्रा खरिदमा उहाँले तिरेको त्यो रु ८० अस्वाभाविक लाग्दैन, किनकि ‘होलसेल’ मूल्य नै रु ७५ कायम छ ।
त्यस्तै अनामनगरकी पवित्रा गुरागाईं बजार मूल्य नियन्त्रण गर्ने निकाय गम्भीर भएर लाग्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायको सक्रियता बजार अनुगमन मात्र होइन अकासिँदो बजार भाउ रोक्नेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुहुन्छ ।

No comments:
Post a Comment
Thanx for your comment