Friday, August 3, 2012

लगातारको वर्षाले चितवन प्रभावित

भरतपुर । लगातारको वर्षापछि चितवनको जनजीवन प्रभावित बनेको छ । नदीहरुमा पानीको सतह बढेसँगै नदीकिनारमा रहेका बस्तीहरुमा त्रास बढेको छ भने रिउखोलामा पानीको सतह बढेका कारण माडी क्षेत्रको सदरमुकाम भरतपुरदेखि यातायात सम्पर्क टुटेको छ ।
रिउखोलामा पानीको सतह बढेपछि शुक्रबार माडीक्षेत्र सदरमुकाम भरतपुरसँग यातायात सम्पर्क विच्छेद भएको हो । यस क्षेत्रमा आवतजावत गर्ने यातायातका साधनहरु रिउखोलाको किनारमा रोकिएका छन् ।
वर्षायामसँगै रिउखोला वरिपरिका क्षेत्रका बासिन्दा सधै त्रासमा बाँच्ने गरेका छन् । खोला बढेपछि माडी क्षेत्र र सदरमुकाम भरतपुरको सम्बन्ध बिच्छेद हुने गरेको छ । माडी उपत्यका प्रवेश नाकामा रहेको रिउखोला बढ्नाले जिल्लाको सदरमुकाम भरतपुरसँग यातायात सम्पर्क टुट्ने गरेको हो ।
सदरमुकाम भरतपुरबाट ४० किलोमिटरको दुरीमा रहेको यो क्षेत्रले बर्षेनी बाडीको पिडा खेप्ने गरेको छ ।
माडीका ४ गाविसका प्रत्येक वडा छुट्याउने सा“धका रुपमा खहरेखोलाहरु छन् । वर्षादमा जुनसुकै बेला बाढी उर्लेर आउ“छ । स्थानीय बासिन्दा प्रकाश रेग्मीका अनुसार यी खोलाले प्रत्येक वर्ष थुप्रै जमिन कटान गर्नुका साथै धनजनको क्षति पु¥याउने गरेका छन् ।
चुरेमा बादल मडारिनेवित्तिकै सर्वसाधारण त्रसित बन्छन् । वर्षामा चल्ने सवारीसाधनले यी र यस्ता खोला थुप्रै पार गर्नुपर्छ । खोलामा पुल नभएकाले यात्रा निकै जोखिम र कठिन छ । सर्वसाधारणका अनुसार वैकल्पिक मार्ग नहु“दा बिरामीलाई उपचारका लागि अस्पताल ल्याउन निकै समस्या परेको स्थानीयवासी रेग्मीले बताए ।
यसैबीच पश्चिम चितवनका नारायणी र राप्ती नदी किनारका बासिन्दाहरु पनि नदीमा पानीको सतह बढेसँगै त्रसित भएका छन् । मेघौली, दिव्यनगर, जगतपुरलगायतका क्षेत्रका बासिन्दाहरु नदी गाउँमा पस्न सक्ने सम्भावित त्रासले त्रसित बनेका हुन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी