Sunday, September 16, 2012

भड्किलो बन्दै तीज :पार्टीप्यालेसमा दर खानेको भीड

भरतपुर । भरतपुरको एक सहकारी संस्थाले तीजमा दर खाएरमात्रै ६० हजार रुपैयाँभन्दा बढी खर्च ग¥यो । झण्डै एक हप्ताअघि तीज विशेष कार्यक्रम गरेर त्यो सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पार्टीप्यालेसमा दर खुवाएर सो रकम खर्च गरेको हो ।
यसरी होटल वा पार्टीप्यालेसमा दर खुवाएर पैसा खर्च गर्न चितवनमा संघ संस्था वा सहकारी संस्थाहरु बढ्दै छन् । देखासिकीले यो क्रम बढेको हो  ।
भोलि मंगलबार, आज सोमबार चेलीहरु माइत आएर दर खाने दिन हो । तर  एक महिनाअघिदेखि नै चेलीहरुलाई दरखाने चटारो छ । समूह समूहमा दरखाने प्रचलन बढेसँगै होटल र पार्टीप्यालेसहरुमा अहिले महिलाहरुको भीड बढ्दो छ । 
‘अब तीजको दर घरमा हैन, होटल र पार्टी प्यालेसमा सजिलो भएको छ’, एक सामाजिक क्षेत्रमा कृयाशील महिलाले भनिन्, ‘घरमा र टोलटोलमा खाना बनाउने झन्झट भएपछि महिलाहरु होटल र पार्टी प्यालेस जान थालेका हुन् ।’
नेपालका चाडपर्व भड्किलो बन्दै गएको उदाहरण अहिले तीजमा देखिएको यो खर्च गर्ने शैली प्रयाप्त छ । ‘भदौ महिनाको १३ दिन त मेरो विभिन्न स्थानमा दर खान मै बित्यो’, ती महिलाले चितवन पोष्टसँग भनिन् ।
तीज हिन्दू महिलाहरुको पर्व हो । तीजको अघिल्लो रातमा खाने खानाको परिकारलाई दर भनिन्छ । तर महिनौँअघिदेखि दर खाने प्रचलनले आर्थिक क्षति त पु¥याएको छ नै यसले समाजमा विकृतिसमेत ल्याएको छ ।
अर्थशास्त्रकी प्राध्यापक सावित्री अधिकारी पछिल्लोे समय हुर्कदँै गरेको सामूहिक दरखाने प्रचलनलाई आर्थिक क्षति हुने विकृतिका रुपमा लिनुहुन्छ ।
‘अहिले दर खानका लागि गरिने खर्च त आफैँमा छ, अझै दर खान जाने क्रममा लगाइने कपडा र गहनाको प्रतिस्पर्धा पनि छ’, अधिकारीले चितवन पोष्टसँग भन्नुभयो, ‘अहिले साठी हजारभन्दा बढी तोलाको सुन पुगेको छ । छिमेकी दिदीले गहना लगाइन् भनी छिमेकी बहिनीलाई ऋण नै गरेर भए पनि लुगा तथा गहना लिनुपर्ने हाम्रो संस्कार बढ्दै छ ।’
होटल तथा पार्टीप्यालेस अहिले महिना दिन अघिदेखि खाने र नाच्ने गाउने प्रचलनले खर्च बढाएको पनि उहाँले बताउनुभयो । समूहमा नाचगान गर्ने राम्रो पक्ष हो । यही नाचगानका नाममा खानपिनका लागि विभिन्न संघसंस्थाले होटल वा पार्टीप्यालेसलाई जिम्मा दिने गरेका छन् ।
अहिले होटल तथा पार्टीप्यालेसका लागि राम्रो आम्दानी गर्ने चाड पनि तीज बनेको छ । मलेवा पार्टीप्यालेसका सञ्चालक नवराज मरहठ्ठा भदौ महिना भर नै आफूहरुको पार्टीप्यालेस तीजमय बनेको बताउनुभयो ।
‘समूहसमूहमा दिदीबहिनी आउनुहुन्थ्यो । खाना खाने र नाच गान गरेर फर्कनु हुन्थ्यो’, उहाँले भन्नुभयो । आफ्नो पार्टीप्यालेसमा एकै समूहका ६०० महिलाहरुलाई समेत खान खुवाएको पनि उहाँले जनाउनुभयो ।
‘कसैले खीरमात्रै खुवाएका छन् । कसैले पुलाउ र दुइ थरी मासु पनि खाएका छन्’, समूहसमूहमा आउनेहरुको खानाको अर्डरका सम्बधमा जानकारी दिँदै मरहठ्ठाले भन्नुभयो, ‘एउटै समूहले खानामा मात्रै साठी सत्तरी हजार रुपैयाँसम्म खर्च गरेका छन् ।’
भरतपुर नगर क्षेत्रभित्र रहेका दर्जनभन्दा बढी पार्टीप्यालेस वा होटललाइ अहिले दर खुवाउन भ्याई नभ्याई छ । यसले उनीहरुको आम्दानीको स्रोत त बढाएको छ नै नेपाली चाड पर्वमा खर्च गर्ने शैैलीको समेत विकास हँुदै गएको देखाउँछ । चाडपर्व मनाउनमा देखिएको तडकभडकविरुद्ध अभियानमा लागेकी एक महिला नेतृ भन्नुहुन्छ, ‘चाडबाड आफ्नो हैसियत हेरेर मनाउनु पर्छ । घाँटी हेरेर हाड निल्नुपर्छ । संस्कृतिलाई जगेर्ना गर्नुपर्छ । तर त्योभित्र देखिएका विकृतिहरुको भने अन्त्य गर्नुपर्छ ।’ 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी