Sunday, September 16, 2012

प्रजिअले समय नदिँदा राउटे निरास

 दसैँ खर्च जुटाउन आएका राउटे टोलीका नेता शिवरामले स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलालाई उपहारस्वरुप ल्याएको काठको बाकस दिँदै ।
भरतपुर । दसैँ खर्च जुटाउन सल्यानबाट चितवन आएका राउटेको एक टोलीलाई चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले भेट्ने समय नदिएपछि उनीहरु निराश भएर फर्किएको छ ।
शुक्रबार साँझ चितवन आइपुगेका चार जनाको राउटेको टोली आइतबार चितवनका जिल्लाका सरकारी कार्यालयमा आर्थिक संकलनका लागि पुगेको थियो ।
चित्रवन ट्याक्सी व्यवसायी संघसम्बद्ध ट्याक्सीले शिवराज शाहीको नेतृत्वमा आएको राउटेको टोलीलाई जिल्ला प्रशासन कार्यालय पु¥याएको थियो । प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई काठको सन्दुक उपहार दिएर दसैँ खर्च सहयोग माग्न राउटेहरु पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी दवाडीले प्रशासन कर्मचारीमार्फत कार्य व्यस्तताले भेट्न नसक्ने सूचना पठाएपछि राउटेहरु निराश भएर कार्यालय बाहिरैबाट फर्किएका थिए ।
बसमा चार–चार सय रुपैयाँ खर्च गरेर आएको बताउँदै टोलीका नेता शाहीले भन्नुभयो, ‘उत्ना टाढादेखि ठूलो आश लिएर आएको भेट्न नपाउँदा दुःख लागेको छ’, उहाँले भन्नुभयो, ‘सहयोग नगरेपनि भेट दिएको भए राम्रो हुन्थ्यो ।’
प्रजिअले भेट नदिएपछि उनीहरु जिल्ला विकास समितिको कार्यालय पुगेका थिए । उनीहरुलाई समाचार संकलनका लागि गएका पत्रकारहरुले नै जिल्ला विकास समिति पु¥याएका थिए । राउटेहरुलाई स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले सहयोगस्वरुप पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई दिन भनेर ल्याएको उपहारसमेत स्थानीय विकास अधिकारी बास्तोलालाई दिएका थिए ।
जिविसबाट उनीहरु भरतपुर नगरपालिकाको कार्यालय पुगेका थिए । त्यहाँ पनि उनीहरु रित्तै हात फर्कनु प¥यो । नगरपालिका प्रमुख भुवनहरि अर्याल कार्यालयमा नभएको भन्दै नगरपालिकाका कर्मचारीले उनीहरुलाई रित्तो हात फर्काएका थिए ।
जिल्ला प्रशासन कार्यालयबाट रित्तो हात फर्केका राउटेहरु भरतपुर नगरपालिकाबाट पनि रित्तो हात फर्कनु परेको थियो । यसअगाडि पनि साउने सङ्क्रान्ति मनाउन सहयोगका लागि आएका उनीहरुले सङ्क्रान्तिमा खसी काटेर खाएको भन्दै दसैँमा पनि खसी काटेर खाने इच्छाले सहयोग माग्न आएको बताए ।
नेता शिवरामको भनाइअनुसार सरकारले नियमित दिँदै आएको मासिक भत्ता नपाएका कारण सहयोग माग्न मुखियाले आफूहरुलाई चितवन पठाएको हो । ‘वीरबहादुर मुखियाले मलाई नेता बनाएर चितवन गएर पैसा लिएर आउन भन्दै पठाएको हो’, उहाँले भन्नुभयो, ‘तीसचालीस हजार संकलन गर्ने भनेर आएको हो ।’
पश्चिम नेपालको दाङ, सल्यानलगायतका जिल्लाका जंगलमा सामुहिक बस्दै आएका राउटेहरु दुई समूहमा २४० जनाको संख्यामा रहेको शिवरामले जानाकारी दिनुभयो । मैलो कपडामा आएका उनीहरुले संकलन गरेको रुपैयाँले दसैँमा नयाँ कपडा लगाउनेसमेत बताए ।
उनीहरुलाई चित्रवन ट्याक्सी व्यवसायी समितिले नगद २ हजार ८०० रुपैयाँ र एक रात बास र दुई छाक खाने व्यवस्था गरेको थियो । टोलीमा शिवरामसगँै जयबहादुर शाही, कपिल शाही र बलाल शाही रहेका छन् । आफ्ना कोहीपनि सदस्यहरु लेखपढ गर्न नजान्ने भन्दै शिवरामले पढ्न थाले दुःख पाउने बताउनुभयो । ‘पढ्दैनाँै यसरी नै सजिलो छ हामीलाई, हाम्रा पुर्खाले पनि पढेनन् हामीले किन पढ्नू रु’, एक छोराका बाबुसमेत भएका शिवरामले भन्नुभयो, ‘छोरोलाई पनि नपढाउने ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी