रत्ननगर । पूर्वीचितवनमा नहरमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । धादिङको जोगिमारा घर भई पिठुवामा छोरीको घरमा बस्दै आएकी चन्द्रमाया रानाको सोही गाविस–१ मा रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनकारी दिएको छ ।
गएराति साढे ८ बजे उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।
यसैबीच, भरतपुर–२ क्षेत्रपुर जलमारोडमा शनिबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा तीनजना पैदल यात्री घाइते भएका छन् ।
घाइतेहरूमा सुरेन्द्र चौधरी, अम्बिका चौधरी र आरती चौधरी रहेका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक भने फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुर नगरपालिका–४ नगरवन मार्गमा एक बेवारिसे शव फेला परेको छ । अन्दाजी ५० वर्षको पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले बताएको छ । शव भरतपुर अस्तपतालको शवगृहमा राखिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment