Saturday, September 1, 2012

प्रचण्डको सम्पत्तिमा वैद्यको हकदावी

मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले आफ्नो पूर्वपार्टी  एकीकृत नेकपा माओवादीसँग ६० प्रतिशत आर्थिक तथा भौतिक सम्पत्तिमा दाबी गरेको छ ।
आफ्नो पक्षमा केन्द्रदेखि जिल्ला हुँदै गाउँ तहसँम्म ६० प्रतिशत नेता कार्यकर्ता रहेको दाबी गर्दै बैद्य माओवादीले पार्टीको चलअचल सम्पत्तिमा त्यतिनै हिस्सा माग गरेको हो । अध्यक्ष बैद्य सहितका नेताले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई पटक पटक भेटेर केन्द्र, राज्य र जिल्लासम्मका पार्टी कार्यालय तथा बैंकमा रहेको रकममा आफ्नो दाबी पेस गरेका हुन् ।
स्रोतका अनुसार बैद्य माओवादीले प्रचण्डसँग सम्पत्ति भागबन्डा नगरे बलपुर्वक खोस्ने चेतावनी पनि दिएको छ । केहीदिन अघिमात्र अध्यक्ष बैद्य, प्रवक्ता पम्फा भुसाल र पोलिटव्युरो सदस्य हितमान शाक्य सम्पत्ति माग्दै प्रचण्ड निवास लाजिम्पाट पुगेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी