काठमाडौं । एकीकृत नेकपा माओवादीले पुस्तकालय स्थापना गर्ने भएको छ । पार्टी सम्बद्ध प्रकाशनहरू, राष्ट्रिय अन्तरराष्ट्रिय प्रकाशनहरू र कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित प्रकाशनहरूलाई व्यवस्थितरुपमा अध्ययन गर्ने वातावरण बनाउन पुस्तकालय स्थापना गर्न लागिएको माओवादीले जनाएको छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शुरुमा ५० हजारभन्दा बढी पुस्तक राखिने छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरमै स्थापना गरिने पुस्तकालयलाई पार्टीको केन्द्रीय स्कुलिङ विभागले सञ्चालन गर्ने छ ।
पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउन पार्टी कार्यकर्ता, प्रकाशकहरू र लेखकहरूसँग आग्रह गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । पुस्तकालयमा पाँच लाखभन्दा बढी पुस्तक राख्ने लक्ष्य राखिएको छ । रासस
No comments:
Post a Comment
Thanx for your comment