Saturday, August 18, 2012

डा. सायमी डीनमा नियुक्त, केसीले अनसन तोडे


 अस्पतालका सबै सेवा सुचारु

काठमाडौं । सरकारले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको डीनमा डा. प्रकाश सायमीलाई नियुक्त गरेको छ ।
त्रिवि कार्यकारी परिषद्ले शनिबार वरियता क्रममा पाँचौं स्थानमा रहेका सायमीलाई डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहान आन्दालेनरत चिकित्सक, शिक्षामन्त्री र त्रिवि पदाधिकारीहरुलाई बोलाएर सबैलाई मान्य हुने गरी डीन नियुक्त गर्न निर्देशन दिनु भएको थियो ।
सायमी डीन नियुक्त भएपछि डा. गोविन्द केसीले ६ दिनदेखि जारी आमरण अनसन तोड्नु भएको छ । शिक्षढण अस्पतालका विरामीले जुस खुवाएर केसीको अनसन तोडाएका हुन् । त्रिवि उपकुलपति हीराबहादुर महर्जनले एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई मिच्दै डा. धर्मकान्त बास्कोटालाई निमित्त डीनमा निुयक्त गरेपछि डा. केसी अनसनमा बस्नु भएको थियो ।
केसीले अनसन तोडेपछि नेपाल चिकित्सक संघले आहृवान गरेको अस्पताल बन्द पनि फिर्ता भएको छ । संघको आन्दोलन फिर्ता भएसँगै अस्पतालहरुमा सेवा सुचारु हुँदैछ । डाक्टर केसीको अवस्था गम्भीर हुँदा पनि सरकारले बास्ता नगरेको भन्दै चिकित्सक संघले देशभरका सरकारी तथा नीजि अस्पताल, क्लिनिक तथा मेडिकल कलेजका आकस्मिक तथा अन्तरंग सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गराएको थियो ।
vie onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी