Saturday, August 18, 2012

राउटेलाई कोट लाउने लहर

सल्यान । सल्यानका राउटेले कोट लाउने रहर व्यक्त गरेका छन् । राउटेहरु बसेको ठाउँमा शुक्रबार पुगेका केही सञ्चारकर्मी र सामाजिक कार्यकर्तामाझ उनीहरुले यसपालिको जाडोमा आफूहरुलाई कोट लाउने रहर भएको बताए ।
नयाँ कपडा र मेसिनले सिलाएका कपडा दिए पनि नलिने गरेका राउटेले यसपटक भने कोटका लागि खुबै चासो देखाएर कुरा गरे । राउटे पुरुषहरुले कपडाको गादो लगाउने गर्दछन् भने  महिलाले पुराना मागेका कपडा लगाउने गर्दछन् ।
“अब दसँै आउन लाग्यो, दसँैमा एक–एकवटा कोट कसैले दिनुभयो भने यो जङ्गलको राजा त्यही कोट लगाएर तपाईंको अगाडि फनफनी नाच्ने थियो”– राउटेका मुखिया मैनबहादुर शाहीले भने ।
राउटे समुदायका हरिबहादुर शाहीले अरू सहयोगभन्दा पनि कोट नै ल्याइदिन आग्रह गरे । उनले भने–“ हामीलाई अरू केही चाहिँदैन, कोट ल्याइदिए हुन्थ्यो ।” पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय पछिल्लो समयमा आफ्नो पौराणिक मान्यताबाट परिमार्जित हँुदै गएको पाइन्छ ।
तपाईंहरुलाई पाइन्ट सर्ट किनेर ल्याइदिन्छौँ लगाउनुहुन्छ ? भन्ने जिज्ञासामा मुखिया मैनबहादुरले भने–“त्यो कपडा लगाएमा तपाईं र हामीमा के फरक भयो त ? ।
कोट किन मागेको त ? भन्ने प्रसङ्गमा उनले ठट्यौली पारामा भने–“तपार्इंको प्रधानमन्त्रीले कोट लगाउने हामी जङ्गलको प्रधानमन्त्रीले पनि लगाउनु प¥यो नि, त्यसैले मागेको हो ।”
राउटेहरुले दसैँअगाडि २६ वटा कोट पठाइदिन आग्रह गरेका छन् । पछिल्लो समयमा राउटेहरुमा दुव्र्यसनको लत बढ्दै गएको छ । उनीहरु हाल अत्यधिक रूपमा मदिरा सेवन गर्न थालेका छन् । स्थानीय रूपमा तयार गरिने मदिरा  राउटेलाई नै नपुग्ने गरेको धनबाङ्ग गाँडापानीका एक स्थानीयले बताए । सरकारले दिएको भत्ता रकम उनीहरु मदिरा सेवनमा खर्च गर्न थालेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी