परासी । नवलपरासीको पहाडी विकट कोटथर गाविसमा अपरिचित समूहले गरेको
तालाबन्दी खुल्न नसक्दा एक सातादेखि गाविस कार्यालयका सम्पूर्ण कामकाज ठप्प
भएको छ ।
ताला खुलाउन स्थानीय नागरिक समाजले पहल थाले पनि सफल नभएपछि कोटथरवासी थप आन्दोलित भएका छन् । गाविसमा कार्यरत सचिव दबिबहादुर बानियाँले गाविसमा आर्थिक अनियमितता गरेको विरोधमा लामो समयदेखि आन्दोलित कोटथरवासीले सचिवलाई कारबाही र नयाँ सचिवको पदस्थापन हुनुपर्ने माग राख्दै थालेको आन्दोलनका कारण गाविसमा नयाँ सचिव जिविसले खटाएपछि राहत महसुस गरेका त्यहाँका जनताले फेरि गाविसमा तालाबन्दी भएपछि थप आन्दोलनमा उत्रिनुपरेको कोटथर नागरिक समाजले जनाएको छ ।
सदरमुकाम परासीबाट झन्डै १२८ किलोमिटर विकट पहाडमा पर्ने कोटथर गाविसमा स्थानीयवासीले गाविसमा लगाइएको तालाबन्दी खोलिनुपर्ने माग राख्दै प्रदर्शनसमेत गरेका थिए ।
स्थानीय विकास अधिकारी रामुराज कडरियाले यो समस्या तत्काल समाधान गर्न आफू प्रयासरत् रहेको तर कसैले राजनीतिक रङ दिन नहुने बताउनुभयो । कोटथर नागरिक समाजले यो समस्या तत्काल समाधान नभए जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यलय घेराउ गरी कोटथरवासी थप आन्दोलनमा उत्रिने गाविसका पूर्वअध्यक्ष चन्द्रबहादुर आलेले चेतावनी दिनुुभयो ।
कोटथरका स्थानीयवासीको माग नयाँ सचिवको बहाली र बन्द गाविस तत्काल खोलिनुपर्ने रहेको पूर्वअध्यक्ष आलेले जानकारी दिनुभयो । तत्काल गाविस कार्यालय नखुले थप आन्दोलनमा उत्रिने स्थानीयवासीको भनाइ छ ।

No comments:
Post a Comment
Thanx for your comment