Saturday, August 18, 2012

घरको चोटाबाट लडेर महिलाको मृत्यु

भरतपुर । चितवनको माडीमा घरको चोटाबाट लडेर एक महिलाको मृत्यु भएको छ । काम विशेषले चोटामा उक्लिएकी माडीकी २१ वर्षीया सरिता परियारको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
शुक्रबार साँझ चोटाबाट लडेकी उनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्युभएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा लगिएको छ ।
यसैबीच चितवनको नारायणगढमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी