Saturday, August 18, 2012

गजलमार्फत देशको चिन्ता गर्दै साहित्यकारहरु

नारायणगढ ।
‘भन्छिन् नेपाल आमा पोल्दै छ यो छाती,
घाउ छातिभरि लाग्दैन निद राति ।
देशको अहिलेको अवस्थाप्रति गजलमार्फत चिन्ता व्यक्त गर्दै गजलकार धनराज गिरीले तीखो व्यङ्ग्य गर्नुभयो ।
१४७आँै मोतीजयन्तीको अवसरमा चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरको आयोजनामा शनिबार नारायणी कला मन्दिरमा भएको बृहत् गजलमय साहित्यिक कार्यक्रममा गजल वाचन गर्ने अधिकांश गजलकारहरुले देश रोएकोप्रति गजलमार्फत दुःख व्यक्त गरे । उनीहरुले देशको वर्तमान अवस्थाप्रति पनि तीखो व्यङ्ग प्रहार गरे ।
राजनीति गर्नेहरुले जनतालाई भूmटको आश्वासन बाँडेको भन्दै गजलमार्फत नै गजलकार प्रदीप अम्गाईले यसरी व्यङ्ग्य गर्नुभयो,
‘देश बनाउँछु भन्नेबाटै आश छैन जनतालाई,
उधारोमा भाषण हुन्छ विश्वास छैन जनतालाई ।
राजधानीमा संविधान लेखिँदैमा के हुन्छ र ?
हुम्ला जुम्ला कर्णालीमा गास छैन जनतालाई ।
राजनेताहरु भन्नेहरुले आफ्ना लागिमात्र सोचेको जनताका लागि सोच्ने समय कसैसँग नभएको अर्का गजलकार पुष्प आचार्यको भनाइ थियो । उनले गजलमार्फत यसरी व्यक्त गरे यो समस्यालाई ।
‘मेरो देशको गरिबी कसैले लुटे हुन्थ्यो,
दूरदराजमा सुखका मूलहरु फुटे हुन्थ्यो ।
कार्यक्रममा युवाकवि तथा आदिगजलकार भट्टको कृतित्व र व्यक्तित्वका बारेमा साहित्कार कपिल अज्ञात र केदार खनालले चर्चा गरेका थिए । परिषद्का अध्यक्ष श्रीभक्तअच्युत वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजेन्द्र घायल, गोकुल अधिकारी, सरला जोशी, कृष्णादेवी शर्मा, पोषराज पौडेल, केशवराज आमोदी, भुवन प्यासी, प्रदीप ढकाललगायत दुई दर्जन बढी गजलकारहरुले गजल वाचन गरेका थिए ।
कार्यक्रमको प्रमुख अथिति प्रा. डा.नारायणप्रसाद खनाल हुनुहुन्थ्यो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी