भरतपुर । स्वदेशी श्रमबजारमा वार्षिकरुपमा थपिने चार लाख श्रमशक्तिमध्ये पचहत्तर प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेको शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ ।
युरोपियन युनियन र यूएन वुमनको आर्थिक सहयोगमा मानवअधिकारका लागि जनमञ्च ‘पिपुल फोरम’ले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव विनोद केसीले नेपालको वैदेशिक रोजगारबारे जानकारी दिँदै नेपालमा औसतरुपमा बर्सेनि चार लाख श्रमशक्ति आन्तरिक श्रमबजारमा प्रवेश गर्ने बताउनुभयो । उहाँका अनुसार यीमध्ये तीन लाख श्रमिक वैदेशिक श्रमबजारमा पुग्छन् ।
सहसचिव केसीले छिमेकी राष्ट्र भारतबाहेक अन्य मुलुकमा वैदेशिक रोजगारीका लागि गएका नेपालीको संख्या २२ लाखभन्दा बढी रहेको जानकारी दिनुभयो ।
पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलले वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनले पाँचदेखि सात वर्ष कैद वा तीनदेखि पाँच लाख रुपैयाँ जरिवाना वा दुबै सजाय गर्न सक्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका नाममा जनतालाई ठगी गर्नेलाई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलाइ कानुनी न्याय र क्षतिपूर्ति पाउने व्यवस्था रहेको जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा जिल्लामा रहेका कानुन व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी, महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी, सरकारी तथा गैरसरकारी कार्यालय एवम् राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रम समापनका अवसरमा बोल्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज गिलालले वैदेशिक रोजगारीमा जानेहरुले कानुनी बाटोबाट अघि बढेमा ठगिने खतरा कम रहने धारणा राख्नुभयो ।
समापन समारोहमा कानुन व्यवसायी फूलमाया रानाभाट, मजदुर नेताहरु गोविन्द अर्याल, घनश्याम चापागाईं, एकीकृत नेकपा (माओवादी) चितवनका सहइन्चार्ज यमबहादुर परियार, जिल्ला शिक्षा कार्यालयका रामकुमार श्रेष्ठलगायतले सुरक्षित वैदेशिक रोजगारबारे बोलेका थिए ।

No comments:
Post a Comment
Thanx for your comment