भरतपुर । प्रधानमन्त्री डा बाबुराम भट्टराईले गएको बिहीबार चितवनका चेपाङको
विकासका लागि भनेर प्रदान गर्नुभएको रु साढे तीन लाखबाट यहाँका चेपाङहरुले
बाख्रापालन सुरू गरेका छन् ।
दुईवटा समूह बनाएर बाख्रापालनको प्रक्रिया सुरु गरिएको चितवन सिद्धिकी मनमायाँ चेपाङले जानकारी दिनुभयो । ओडारमा बसेका स्थानीय बन्दीपुरे चेपाङको नाममा स्थापना भएको बन्दिपुरे सामुदायिक विकास समिति र अर्काे एक स्थानीय समिति बनाएर यहाँ काम थालिएको छ ।
प्रधानमन्त्री डा भट्टराईले यहाँ आएका बेला मनमायाँलाई रु साढे तीन लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । ‘अब गाउँमा कोष सञ्चालन गरेर बाख्रापालन थालिने छ र केही रकम बढी भए आयआर्जनमै खर्च गरिनेछ, स्थानीय अगुवा दलबहादुर चेपाङले भन्नुभयो ।’ अति सीमान्तकृत समुदाय चेपाङहरु यो गाविसमा ८५ प्रतिशत रहेका छन् ।
छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजारा गर्दैआएका उनीहरुका लागि स्थानीयस्तरमा समिति गठन गरेर समस्या समाधान गर्न प्रशासनलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएपछि चेपाङहरुमा विकासको आशा पलाएको छ । समिति गठनको तयारी भइरहेको चितवन प्रशासनले जनाएको छ ।
अब आवश्यक सहयोग मिले आफूहरुले जङ्गली कन्दमूल खोज्न जानुपर्ने बाध्यता हट्ने चेपाङहरुले बताएका छन् । बर्सेनि भोकमरी लाग्दा यहाँका चेपाङहरु जङ्गली कन्दमूल खाएर जीवन धान्दै आएका छन् ।
यहाँको जीवनस्तर उकास्नका लागि यो सुरुआत भए पनि सहयोग अझै आवश्यक रहेको स्थानीय दलबहादुर प्रजाले बताउनुभयो ।
बाख्रा वितरण
यसैबीच उदयपुर सामुदायिक वन उपभोक्ता समिति जुटपानीले आफ्ना ६० जना उपभोक्ता सदस्यलाई शनिबार निःशुल्क बाख्रा वितरण गरेको छ ।
शक्तिखोर, जुटपानी र पिठुवाका १२ वटा वडाका विपन्न उपभोक्ता सदस्यलाई तीन लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको सामुदायिक वन उपभोकता समितिका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो । एक कार्यक्रमका बीच जिल्ला वन कार्यालयका सहायक वन अधिकृत क्षेत्रविक्रम खाँडले बाख्रा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा समूहका पूर्वअध्यक्ष कृष्ण ढकाल, लेखा समिति संयोजक रमेश लामिछाने, अनुगमन समितिका संयोजक हिमलाल खतिवडा, समूहका उपाध्यक्ष झनकबहादुर गुरुङलगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment