Sunday, September 2, 2012

आयुर्वैदिक उपचार पद्धतिमा कमी

देवघाट । आधुनिक स्वास्थ्य उपचारको विकाससँगै आयुुर्वैदिक उपचार पद्धतिमा कमी आएको छ ।
स्थानीयस्तरमा घरेलु जडीबुटीबाट उत्पादन हुने आयुर्वैदिक औषधिको प्रयोगमा कमी आएको हो ।  यसरी आयुर्वैदिक औषधिको प्रयोगमा कमी आउँदा उपचारमा समेत कमी आएको छ ।
चितवनको देवघाटमा रहेको आयुर्वैदिक औषधालयमा उपचार लिन आउनेहरुको संख्यामा समेत कमी आएको छ । आर्थिक वर्ष २०६७÷०६८ को तुलनामा २०६८÷०६९ मा १५ प्रतिशतले उपचारमा आउने बिरामीहरु घटेको औषधालयले जनाएको छ ।
निशुल्क रुपमा उपचार हुने सरकारी औषधालयमा २०६७÷०६८ मा ४ हजार ५७ जना बिरामीहरुले स्वास्थ्य सेवा लिएकोमा गत आर्थिक वर्ष २०६८÷०६९ मा तीन हजार ९१२ जना बिरामीहरु उपचार गर्न आएका अस्पतालका प्रमुख विष्णु आचार्यले जानकारी दिनुभयो ।
‘निःशुल्क रुपमा उपचार गर्ने भएतापनि प्रयाप्त मात्रामा औषधि पु¥याउन नसक्दा उपचारमा कमी आएको हो’, उहाँले भन्नुभयो । सरकारले समेत यसको विकासका तथा संरक्षण एवम् सम्बद्र्धनका लागि पहल नगरेको आचार्यको आरोप छ ।
औषधालयमा सरकारले उपलब्ध गराउने औषधिले तीन महिनालाई मात्र उपचारमा पुग्ने गरेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा समेत जडीबुटीको उत्पादन भएपनि प्रशोधन हुन नसक्दा औषधि बनाउन नसकेको उहाँको भनाइ छ ।
‘हाम्रै औषधालय परिसरमा विभिन्न १०० भन्दा बढी जातका जडीवुटीहरु हुुँदा समेत औषधिको रुपमा प्रशोधन गर्न नसक्दा समस्या भएको छ’, औषधालयका प्रमुख आचार्यले भन्नुभयो । दक्ष जनशक्ति र श्रोत र साधनको कमीका कारण प्रशोधन हुन नसकेको उहाँले बताउनुभयो ।
औषधालयमा दैनिक रुपमा १५÷२० जनाका दरले बिरामी उपचारको लागि आउने गरेको कविराज तीर्थराज न्यौपानेले जानकारी दिनुभयो । यता आयुर्वैदिक औषधिको उपलब्धता नहुँदा आधुनिक उपचार पद्धतिमा भरपर्नु परेको बिरामीहरु बताउँछन् ।
‘सहरका अस्पतालमा गएर भन्दा यतै औषधि गरे चाँडै निको हुन्छ नि के गर्नु, औषधि नै पाइँदैनन् यहाँ’, उपचारका लागि आएकी मीनकुमारी  गुरुङ््ले भन्नुभयो । चितवनमा हाल छ वटा आयुर्वैदिक औषधालयहरु रहेका छन् ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी