नारायणगढ । बन्द सधँैका लागि बन्द हुनुपर्ने माग गर्दै मेची–महाकाली साइकल यात्रामा निस्किएका झापाका दुई युवा आइतबार चितवन आएका छन् ।
भदौ १० गते मेचीबाट नेपाल यात्रा सुरू गरेका उत्तम रिजाल र राम श्रेष्ठले भदौ २७ गते महाकाली पुग्ने लक्ष्यका साथ नेपाल यात्रामा निस्कनुभएको हो । तोपगाछी गाविस दुई झापा घर भएका रिजाल स्थानीय पाथीभरा एफएमका सञ्चारकर्मी हुन भने साठीघर गाविस काभ्रे घर भई झापा बस्दै आएका श्रेष्ठ क्रिकेटका स्थानीय खेलाडी हुन् ।
राष्ट्रिय एकताका विषयमा विभिन्न स्थानमा अन्तक्र्रिया गर्दै यात्रा बढाइएको उनीहरुले बताएका छन् । मेची र महाकालीबाट पानी र माटो संकलन गरी राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको नेपाल यात्री रिजालले जानकारी दिनु भयो ।

No comments:
Post a Comment
Thanx for your comment