नारायणगढ । एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेसन आयोजक समिति सदस्य एवम् चितवन जिल्ला अधिवेशन आयोजक समितिका संयोजक अविनाशले मजदुर हकहितका लागि सम्पूर्ण मजदुरहरु एक हुन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले एकीकृत नेकपा माओवादीको मजदुर आन्दोलनले सम्पूर्ण मजदुर हकहितको सुनिश्चित गर्ने दावी गर्नुभएको छ । अखिल नेपाल टे«ड यूनियन महासंघ पेसागत घटकहरुको संयुक्त जिल्ला सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।
सम्मेलनले आइतबार ११ वटा घटकहरुको संयोजक चयन गरेको छ । जसमा अखिल नेपाल पेन्टर मजदुर संघको इन्चार्जमा संगम केसी र अध्यक्षमा बद्रि जीसी, अखिल नेपाल यातायात मजदुर संघको इन्चार्जमा अर्जुन पाण्डे र अध्यक्षमा दिनेश घिमिरे, निर्माण मजदुर संघको अध्यक्षमा श्यामराज वंशीलाई चयन गरेको छ ।
त्यस्तै अखिल नेपाल रिक्सा मजदुर संघको इन्चार्ज लोकबहादुर नेपाली र अध्यक्षमा पूर्णबहादुर तामाङ, फर्निचर मजदुर संघको अध्यक्षमा रामचन्द्र विक, इट्टाभट्टा मजदुर संघको अध्यक्षमा दिलनाथ तिवारी, सञ्चार तथा छापाखाना प्रकाशन मजदुर संघको संरक्षक इन्चार्ज रामबहादुर पराजुली र अध्यक्षमा जीवन चौधरी, अटोमेकानिक मजदुर संघको अध्यक्षमा शंकर पाण्डे चयन भएका छन् ।
कृषि मजदुर संघको अध्यक्षमा भूमिनन्द दुवाडी, स्वरोजगार मजदुर संघको इन्चार्ज विष्णु लामिछाने र अध्यक्षमा भरत मगर चयन भएका छन् । कार्यक्रम अखिल नेपाल सञ्चार तथा छापाखाना प्रकाशन मजदुर संघका केन्द्रीय सचिव एवम् चितवन जिल्ला अध्यक्ष रामु पराजुलीको अध्यक्षतामा भएको हो ।

No comments:
Post a Comment
Thanx for your comment