भरतपुर । सडकबालकहरूले विनाकारण आफूहरूलाई प्रहरीले चोरीको आरोपमा कुट्ने र दुव्र्यवहार गर्ने गरेको बताएका छन् । उनीहरूले राति सडकमा सुतेर बिहान उठ्ने बेलामा प्रहरीले हिजो चोरेर भाग्ने तैँ हैनस् भनेर कुट्ने अनि पक्राउ गरेर लैजाने गरेको आरोपसमेत लगाए ।
नारायणगढमा विगत पाँच वर्षदेखि सडकमा प्लास्टिक टिप्दै आएका सडक बालक राजु क्षेत्री पटकपटक प्रहरीको चोरीको आरोप खेप्नुपरेको बताउँछन् । ‘पुलिसले पक्राउ गर्छन्, लैजान्छन्, कसैलाई त भाँडा मझाउने, कपडा धुन र सरसफाइ गर्न लगाउने गरेको’ उनले आफ्नो दुःख सुनाए ।
उनीजस्तै अर्का सडकबालक सुवास नेपालीले पनि उही दुःख सुनाए । “चोर्ने अरू हुन्छ, आफू सडकमा सुतिरहेका बेला पुलिस आउँछन्, चोर्ने तैँ हैनस् भन्छन् कुट्छन् त्यसैले प्रहरीदेखि डर लाग्छ, उनले दुखेसो पोखे ।” विशेषगरी वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा यस्तो समस्या परेको बालबालिकाले बताए ।
सो विषयमा चितवनका प्रहरी नायव उपरीक्षक रविराज पौडेल भने चोरीका घटनामा संलग्न हुने गरेकाले उनीहरूलाई समाएर लैजाने, सम्झाउने, एक रात राख्ने काम भए पनि दुव्र्यवहार भने नभएको दावी गर्नुहुन्छ । अहिलेसम्म दुव्र्यवहार भएको भन्ने जानकारी नआएको र यदि त्यस्तो भए वडा प्रहरीमा बुझेर त्यस्तो नगर्न निर्देशन दिने उहाँले बताउनुभयो ।
आफूहरूलाई सीप सिकाइदिए सडक छाड्ने बताएका सडकबालकले सीप नहुँदा फोहोरको प्लास्टिक टिप्न बाध्य भएको बताए । अरू केही चाहिएन नागरिकता बनाइदिए गाडी चलाएर हिँड्छु— राजुको प्रतिक्रिया थियो ।
स्थानीय दियालो परिवारको तथ्याङ्कमा ११० जना सडकबालक भए पनि सङ्ख्या बढिरहेको बताइएको छ । आर्थिक कमजोरी, साथीको लहैलहै र पारिवारिक दुव्र्यवहारका कारण घर छाडेर सडकमा बालबालिका शरण लिन जाने गरेको इन्सेक चितवनका संयोजक मुकुन्द दाहालले बताउनुभयो ।
बालबालिकाको अवस्था सुधारका लागि जिविस चितवनले कुल बजेटको १५ प्रतिशत खर्च गर्न सुरू गरेको बताइएको छ ।

No comments:
Post a Comment
Thanx for your comment