धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार आठ केजी लागूऔषध चरेस जलाएर नष्ट गरेको छ । भदौ २३ गते लुकाइछिपाइ चरेस बिक्रीवितरण गर्न लैजान लागेको अवस्थामा भारत पश्चिम बंगाल कलकत्ता घर बताउने ३१ वर्षीय आनन्द अग्रवाललाई धादिङको भूमेस्थान–८ सिम्लेनजिकै पृथ्वी राजमार्गजबाट प्रहरीले पक्राउ गरेका थियो ।
प्लाष्टिकले बेरी इँटा आकारको एक÷एक किलोको आठवटा प्याकेट बनाइ प्रतिबन्धित लागूऔषध चरेश बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा पक्राउ परेका अग्रवाललाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट थुनामा राख्ने आदेश लिई अनुसन्धान गरिरहेको प्रहरीले निजबाट बरामद भएको चरेश जिल्ला प्रहरी कार्यालय परिसरमा जलाएर नष्ट गरेको हो ।

No comments:
Post a Comment
Thanx for your comment