राजविराज । भारतीय सहयोगमा निर्मित सप्तरीको फत्तेपुर–कुनौली सडकखण्ड निर्माण गरिएको वर्षदिन नबित्दै भत्केको छ । उक्त सडकको निर्माण कार्यसमेत पूरा हुन सकेको छैन भने सम्बन्धित निकायलाई जिम्मा पनि लगाइएको छैन ।
ठाउँठाउँमा सडकको कालोपत्रे भत्किएको छ । निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले एक वर्ष नबित्दै सडक भत्किएको स्थानीयको आरोप छ ।
ठेकेदार तथा जिल्ला विकास समितिका प्राविधिकहरूको मिलेमतोमा गुणस्तरहीन काम भएकाले सडक भत्केको मधेपुरा गाविस–३ का उमेशप्रसाद सिंहले बताउनुभयो ।
सप्तरीको सीमावर्ती कुनौली सीमादेखि सप्तरीको इनरुवा गाविससम्म कुल १० किलोमिटरको सडकखण्ड निर्माणका लागि दूतावासले रु दुई करोड ९७ लाख २२ हजार उपलब्ध गराएको थियो ।
अरूण प्रधान र गजराज तातेडजस्ता जिल्लाका दुई प्रभावशाली ठेकेदारको नेतृत्वमा सञ्चालित उक्त योजनाअन्तर्गत हालसम्म सात किलोमिटर सडकमात्र निर्माण भएको ठेकेदार कम्पनीको दाबी छ । बजेट सकिएको भन्दै ठेकेदारले हाल काम रोकेका छन् ।
ठेकेदारले काम पूरा गरेको दाबी गरे पनि हालसम्म उक्त सडक जिविसको जिम्मासमेत नलगाइएको जिल्ला विकास समिति सप्तरीले जनाएको छ । रु दुई लाख ६२ हजार बाहेकको सम्पूर्ण रकम ठेकेदार कम्पनीलाई निकासा गरिसकेको भारतीय योजनाको काम हेर्दै आएका जिल्ला विकास समिति सप्तरीका कर्मचारी गङ्गाराम साहले जानकारी दिनुभयो ।
जिविसका प्राविधिकहरूले दिएको प्रतिवेदनमा समेत उक्त सडकमा मापदण्डअनुसारको काम भएको उल्लेख छ । जिविस सप्तरीका प्राविधिकद्वय किशोर साह र कुलानन्द बिराजीले उक्त कामको रेखदेख तथा अनुगमन गर्दै आएका थिए ।
यता, जिविसकै अन्य प्राविधिकहरू भने उक्त कार्यलाई गुणस्तरहीन बताउँदै आएका छन् । ‘हामीले काम गुणस्तरहीन भएको भन्दै पटकपटक विरोध गरिसकेका छौँ’, एकजना इन्जिनियरले नाम नछाप्ने सर्तमा भने, ‘मापदण्डअनुरूप कतै पनि काम भएको छैन ।’ ३८ देखि ४० एमएमको कालोपत्रे गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले २० एमएमको कालोपत्रे गरेको ती इन्जिनियरको दाबी छ । सो सडक निर्माणको रेखदेखको जिम्मा पाएका जिविसका प्राविधिक किशोर साह पनि २५ एमएममात्रै कालोपत्रे भएको स्वीकार गर्नुभएको छ ।

vie: rss
No comments:
Post a Comment
Thanx for your comment