चितवनमा स्वतन्त्र पत्रकार संघको शाखा गठन ।
नारायणगढ । चितवनमा क्रियाशील पत्रकारहरुको मंगलबार सम्पन्न भेलाले
स्वतन्त्र पत्रकार संघ चितवन शाखा गठन गरेको छ । भेलाले सूर्यप्रकाश
कँडेललाई शाखाको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघका केन्द्रीय
अध्यक्ष कृष्णप्रसाद वास्तोलाको प्रमुख आतिथ्यमा सो भेला भएको थियो ।
नवगठित समितिको उपाध्यक्षमा विनोदबाबु रिजाल, सचिवमा मोहनचन्द्र रुम्बा र
कोषाध्यक्षमा अनिता घिमिरे रहेका छन् । सदस्यहरुमा राजु चौधरी, निरु
लामिछाने, सुनिता तिवारी, सन्तोष गुरुङ, लेखनाथ वगाले‘सुरेस’ सर्वसम्मत चयन
भएका छन् । त्यस्तै भेलाले रमेशकुमार पौडेल, राजेश घिमिरे, विधुर ढकाल र
सुरज पौडेललाई केन्द्रीय पार्षदमा चयन गरेको छ ।
भेलाले चितवनमा
क्रियाशील स्वतन्त्र पत्रकारहरुलाई संगठित पार्दै अगाडि वढ्ने निर्णय गरेको
छ । भेलामा वोल्दै केन्द्रीय अध्यक्ष वास्तोलाले कुनै पनि राजनीतिक दल र
तिनको भातृसंस्थामा नरहेका स्वतन्त्र पत्रकारहरु संगठित भएर अगाडि
वढ्नुपर्ने बताए । कास्कीमा केन्द्रीय कार्यालय रहेको संघको चितवनसहित चार
जिल्लामा शाखा गठन भइसकेको छ । यसअघि कास्की, तनहुँ र गोर्खामा शाखा गठन
भएको छ ।
No comments:
Post a Comment
Thanx for your comment