Monday, September 17, 2012

‘सेतो धरती’लाई मदन पुरस्कार

भरतपुर । २०६८ सालको मदन पुरस्कार चितवनका उपन्यासकार अमर न्यौपानेलाई उनको पछिल्लो उपन्यास ‘सेतो धरती’ का लागि प्रदान गरिने भएको छ । यो पुरस्कारसँगै चितवनमा पहिलो पटक मदन पुरस्कार भित्रिने भएको हो ।
सोमबार सम्पन्न मदन पुरस्कार गुठीको साधारण सभाले २०६८ सालको मदन पुरस्कार न्यौपानेको उपन्यास ‘सेतो धरती’ प्रदान गर्ने निर्णय गरेको हो । चितवन र तनहुँको देवघाटधाममा रहेका वृद्ध विधवा महिलाको अध्ययन गरी बाल विधवाको विषयमा तयार पारिएको उपन्यासमा एकजना बाल विधवाले जीवनमा भोग्नुपर्ने दुःख कष्टलाई उतारिएको छ ।
त्यस्तै गुठीले गत वर्षको जगदम्वा श्री पुरस्कार ‘संशोधन मण्डल’लाई प्रदान गर्ने भएको छ । दुबै पुरस्कारको राशि नगद दुई÷दुई लाख रुपैयाँ रहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी