साधारण सभामा उपस्थित उपभोक्ताहरु । फोटो सूर्यको व्लग |
गैँडाकोट
। सुन्दा अचम्म लाग्न सक्छ, कुनै पनि वित्तीय तथा सहकारी संस्थाले
मान्छेको न्वारनदेखि मृत्युसम्म उसलाई सेवा दिन्छ भनेर । यस्ता संस्थामा
रकम बचत गर्नका लागि न्यूनतम आवश्यक कागज नागरिकता हो ।
अझ आजभोलि बालबचतका नाममा केही कम उमेरकाले पनि यो सेवा पाएका छन् तर गैँडाकोटमा रहेको विकु बचत तथा ऋण सहकारी संस्थाले विशेषगरी छोरीको न्वारनदेखि नै उसको नाममा बचत सुरू गर्ने गरेको छ ।
समाजमा विद्यमान कुप्रथाका कारण छोरीको शिक्षादीक्षामा अभिभावकहरुले खासै चासो दिँदैनन् । यही चलनलाई कम गराउनका लागि संस्थाले यस्तो सेवा दिन थालेको हो ।
छोरी जन्मेपछि न्वारनमा उसलाई टीको लगाएर दिइने रकमदेखि यो खाता चल्छ । छोरीले आफूले आफ्नो शिक्षा तथा जीवननिर्वाहका लागि आफूले जीवनभर टीकावापत पाउने रकम बचत गर्न पाउने संस्थाका अध्यक्ष इन्द्रराजज्योति पौडेलले बताउनुभयो ।
‘समाजमा छोरीलाई रकम अभावको कारण देखाउँदै नपढाउने चलनलाई यसले कमी ल्याएको छ’, उहाँले थप्नुभयो, ‘उसले आफ्नो पैसाले उच्च शिक्षासम्म हासिल गर्ने सामथ्र्य राख्न सक्छे ।’ यो रकमले महिलाहरुले आफ्नो जीवनस्तर सुधारका लागिसमेत प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
गत साउन ३२ गते सहकारी संस्था महासंघद्वारा उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पुरस्कृत भएको यस संस्थाले किसान गरिब तथा महिलाको जीवनस्तर सुधार्न राम्रो भूमिका खेलिरहेको छ ।
संस्थाले महिलाहरुको जीवनस्तर सुधारका लागि ‘दुई बाख्रा, दुई डोरी र दुई किलो अभियान’ समेत सञ्चालन गरेको छ । विपन्न महिलालाई दुईवटा बाख्रा तथा डोरी र किला प्रदान गरी उनीहरुको आयमा सहयोग पु¥याउन यो अभियान ल्याएको अध्यक्ष पौडेलले बताउनुभयो । त्यस्तै महिलाहरुलाई सीपसम्बन्धी तालिम प्रदान गरी लगानी र बजार व्यवस्थापनसमेत गरिदिने गरेको संस्थापक सदस्यसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।
महिला तथा विपन्न परिवारलाई विनाधितो ५० हजार रुपैयाँसम्म ऋण सहयोग गरी उसको व्यवसायमा समेत सहयोग गर्दै आएको संस्थाले कृषकहरुको दूध बिक्रीमा सहजता ल्याउन डेरी स्थापनामा समेत सहयोग गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
‘बच्चादेखि वृद्धसम्मले यो संस्थादेखि सेवा लिइरहेका छन् । संस्थाले सेयर सदस्यहरुको मृत्यु भएको खण्डमा परिवारका सदस्यहरुलाई राहत स्वरुप १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ’, उहाँले भन्नुभयो ।
यसैबीच विकु बचत तथा ऋण सहकारी संस्थाको २३औं साधारण सभा शनिबार गैँडाकोटमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सहकारी मन्त्रालयका सहसचिव सुदर्शन शर्मा ढकालले विकुले सहकारीको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै यसबाट अरु बचत तथा ऋण सहकारीले पाठ सिक्नुपर्ने बताउनुभयो ।
इन्द्रराजज्योति पौडेलको अध्यक्षतामा भएको सो साधारण सभाले संस्थाका सचिव त्रैलोक्यनाथ खरेल र कोषाध्यक्ष कालिदास गौडेलले प्रस्तुत गर्नुभएको क्रमशः वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सभामा उत्कृष्ट बचतकर्ता, ऋणी र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

महिलाको लागि ‘दुई बाख्रा, दुई डोरी र दुई किलो अभियान’

No comments:
Post a Comment
Thanx for your comment