Thursday, December 6, 2012

सञ्चार सुविधामा रमाउँदै चितवनवासी

भरतपुर । पछिल्लो समय प्रायःजसो मान्छेहरु मोबाइल फोन बोकेर हिँडेका भेटिन्छन् । स्कुल पढ्ने विद्यार्थीको हातमा समेत मोबाइल देख्न सकिन्छ । अनि खानेपानी, सडक, विद्युत्, स्वास्थ्यजस्ता विकासका पूर्वाधार नपुगेको विकट बस्तीहरुमा पनि सञ्चार सुविधाका हिसाबले मोबाइलको पहुँच पुगेको छ ।

जनगणना २०६८ अनुसार चितवन जिल्लाको कुल घरसंख्यामध्ये ८० प्रतिशत घरपरिवारमा मोबाइल सेवा छ । जहाँ कि जम्मा १३ प्रतिशत घरपरिवारमा मात्र ल्याण्डलाइन फोन सेवा छ । सार्वजनिक तथ्याङ्कअनुसार चितवनमा कुल एक लाख ३२ हजार ३४५ घरसंख्या रहेको छ ।

आमसञ्चार माध्यमका हिसाबले निकै प्रभावकारी मानिएको रेडियोको प्रयोग ६४ प्रतिशत घरपरिवारले गर्दै आएका छन् । जुन संख्याको आधारमा ८४ हजार ८२४ हुन आउँछ । प्रयोगका हिसाबले आमसञ्चारका अन्य माध्यमहरु पत्रपत्रिका, टिभीभन्दा निकै सस्तो र किफायती भएकाले पनि रेडियोको प्रयोग बढेको देखिन्छ ।

चौवन्न प्रतिशत घरपरिवारमा देलिभिजन

त्यस्तै ७१ हजार ५२ घरपरिवारमा टेलिभिजन रहेको छ । यसरी हेर्दा ५४ प्रतिशत घरपरिवारमा मात्र टेलिभिजन भएको देखिएपनि जम्मा ४० प्रतिशत घरले मात्र टेलिभिजन हेर्नका लागि केबुलको प्रयोग गर्ने गरेका छन् ।

सात प्रतिसतले मात्र इन्टरनेट प्रयोग गर्ने

१७ हजार ७८० अर्थात् १३ प्रतिशत घरले कम्प्युटरको प्रयोग गर्छन् । इन्टरनेट प्रयोगका हिसाबले यहाँका ७ प्रतिशत घरपरिवारमा मात्र इन्टरनेटको पहुँच रहेको छ ।

चितवनका २ दशमलब ३ प्रतिशत घरपरिवारले यातायात साधनका रुपमा मोटरको प्रयोग गर्छन् । जुन संख्यामा ३ हजार १२९ हुन्छ । त्यस्तै जम्मा २० प्रतिशत घरपरिवारमा मोटरसाइकल छ भने ६४ प्रतिशत अर्थात् ८५ हजार २७५ घरपरिवारमा साइकल रहेको छ । साइकल प्रयोगका हिसाबले चितवन जिल्ला देशकै प्रमुख पाँच स्थानभित्र पर्दछ ।

पाँच प्रतिसत चितवने यातायात सुविधाबाट बञ्चित

उल्लेखित सञ्चार तथा यातायात सुविधाहरुमध्ये ५ प्रतिशत वा ६ हजार ९२९ घरपरिवारले यी दुबै सेवाको उपभोग गरेका छैनन् भने ९३ दशमलब ६ प्रतिशतले उल्लेखित दुई सुविधाहरुमध्ये कुनै एकको प्रयोग गर्ने गरेको जिल्ला तथ्याङ्क कार्यालय चितवनले जनाएको छ ।

माथिको तथ्याङ्कले सञ्चार र यातायात सुविधा लिने चितवनवासीको संख्यामा वृद्धि भएको देखाउँछ ।  

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी