Monday, December 10, 2012

गजल : दुई बुँद आँशु जिन्दगीको

विधुर ढकाल
पुरै नहुने रहर दुई बुँद आँशु जिन्दगीको ।
सुनसान यो शहर दुई बुँद आँशु जिन्दगीको ।।

प्रेमको प्याला यो पिउने आशमा प्रेम गरेँ,
वोतल यो जहर दुई बुँद आँशु जिन्दगीको ।।

आकाशको फल यो टिप्ने सपना देखेछु म,
असफलताको लहर दुई बुँद आँशु जिन्दगीको ।।

के पग्लिन्थ्यो र पथ्थर दिल मेरो आँशुले ?
बालुवाको यो घर दुई बुँद आँशु जिन्दगीको ।।

के बन्छु भन्थे म भएँ पागल प्रेमी तिम्रै,
अनौठो लेखा कहर दुई बुँद आँशु जिन्दगीको ।।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी