Wednesday, January 2, 2013

जंगली जनावर बस्तीमा पस्नेक्रम बढ्दो

भरतपुर । वन्यजन्तुहरुको जीवनयापनका लागि उपयुक्त व्यवस्था हुन नसक्दा चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु बस्तीमा पस्नेक्रम बढेको छ । जंगली धु्रबे हात्तीबाट भएको जनधनको ठूलो क्षतिको सामना गरिरहेका माडीवासीको त्रासकाबीच मंगलबार राति फेरि अयोध्यापुरी गाविसमा एउटा जंगली हात्ती बस्तीमा पसेको छ ।

निकुञ्जबाट निस्केको एउटा हात्तीले माडी अयोध्यापुरी गाविस–७ गणेशकुञ्जमा मंगलबार राति स्थानीयको केरा र मकै खाइदिएको छ । राति साढे ९ बजेतिर बस्ती पसेको सो हात्तीले सोक्रममा दुईवटा घरमा क्षति समेत पु¥याइदिएको छ । हात्ती बस्तीमा आएको थाहा पाएपछि निकुञ्जको टोलीले राति २ बजेतिर सो हात्तीलाई सुरक्षित रुपमा निकुञ्ज फर्काएको थियो ।

खानाको खोजीमा हात्तीहरु निकुञ्जबाट पटकपटक छेउछाउका बस्तीमा पस्ने गरेका छन् । जंगली हात्ती बस्तीमा पस्न थालेपछि लामो समयदेखि माडीका बासिन्दा त्रासमा जीवन बिताइरहेका छन् ।

हालै धुबे नामको हात्तीले जनधनको ठूलो क्षति गरेपछि उनीहरुले आन्दोलन नै थालेका थिए । जंगली जनावरको दीर्घकालीन नियन्त्रणलगायतका माग माडीवासीले लामो समयदेखि उठाउँदै आएका छन् । थुप्रै मानिसलाई आक्रमण गरी मारिसकेको धुब्रे हात्तीलाई मार्नुपर्ने माग गर्दै आन्दोलन चर्किएपछि हाल निकुञ्जको टोली सो हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जका विभिन्न क्षेत्रमा खटिएको छ ।

दुई साताभन्दा बढी भइसक्दा पनि धु्रबेलाई नियन्त्रणमा लिइएको छैन । जिल्ला प्रशासनले भने धु्रबेलाई मार्न नै आदेश दिइसकेको छ । धु्रबे काण्डमा असफल भएको आरोप लागेपछि सरकारले निकुञ्जका वार्डेन नै परिवर्तन गरेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी