भरतपुर
। जंगली हात्तीले आक्रमण गर्दा चितवनमा शनिबार एक जनाको ज्यान गएको छ ।
यसअघि ‘ध्रुबे’ नामको जंगली हात्तीको आतंक मच्चाएको माडी क्षेत्रभन्दा
बाहिर बरण्डाभार जंगलमा जंगली हात्तीले हान्दा पटिहानी गाविस वडा नं. ८
गंगानगरका ७० वर्षीय सुकदेव विकको निधन भएको चितवन राष्ट्रिय निकुञ्जका
सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताउनुभयो ।
माडीमा आतंक मच्चाउने हात्तीभन्दा फरक हात्तीले सुकदेवको ज्यान लिएको पौडेलको अनुमान छ । ‘त्यस्तो पक्का त होइन । तर जहाँसम्म हाम्रो अनुमान छ, त्यो क्षेत्रमा ध्रुबेले नभई अर्को जंगली हात्ती निस्केको हुनु पर्छ’ पौडेलले भन्नुभयो । सौराहा र खोरसोर क्षेत्रमा ‘रोनाल्डो’ नाम गरेको अर्को जंगली हात्ती बस्ने गर्छ । सुकदेवलाई त्यसैले मारेको उनको अनुमान छ ।
ध्रुबे हात्तीले माडीको गर्दी गाविसमा कात्तिक १७ गतेदेखि मंसिर ३० गतेसम्म चार जनाको ज्यान लिएको थियो । सो हात्तीको आतंक कायमै रहेपछि प्रशासनले मार्ने निर्णय गरेको थियो । हात्ती नियन्त्रणमा लिन टोली परिचालन भए पनि सफलता मिलेको छैन । यस्तो अवस्थामा माडीभन्दा बाहिर पनि हात्ती आतंक सुरू भएको छ ।
यसैबीच चितवनको माडीमा शुक्रबार राति हात्तीले फेरि आतङ्क मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती प्रवेश गरेको हात्तीले अयोध्यापुरी गाउँ विकास समिति–६ मा स्थानीयवासीका दुईवटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हात्तीले स्थानीय वीरचन्द्र थापा र सहदेव थापाको घर भत्काउँदा २५ हजार बराबरको क्षति भएको छ । हात्ती आएपछि स्थानीयवासीले भने राति नै भागेर ज्यान जोगाएका थिए । पटकपटक हात्तीको आतङ्क कायमै रहँदासमेत सम्बन्धित पक्षले जङ्गली जनावरको उचित व्यवस्थापन नगरेको भन्दै माडीवासीले आक्रोश पोखेका छन् ।
आक्रमण गर्ने हात्ती ध्रुबे भएनभएको भने यकिन भएको छैन ।

No comments:
Post a Comment
Thanx for your comment