नेपालमा बढ्दो चेलिबेटी हिंसा र बलात्कारको विषयमा सरकारले चासो
नदेखाएको आरोप महिला अधिकारकर्मीहरुले लगाउादै आएका छन् । दैनिकजसो
चेलिबेटी हिंसा बढ्दा पनि सरकारको चासो नगएपछि महिलाअधिकारकर्मीहरुले धर्ना
र प्रदर्शनसमेत गरिरहेका छन् । यसैक्रममा पूर्व मिस नेपालसमेत रहेकी
माल्भिका सुब्बाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र कोरेकी छिन् ।
फेसबुकमा रहेको आफ्नो फ्यानपेज मार्फत माल्भिकाले प्रधानमन्त्रीको
ध्यानाकर्षण गरेकी हुन् । माल्भिकाले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीको
पूर्ण
प्रिय प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू,
‘हालसालै समाचारमा आएको महिला हिंसाका कुरालाई लिएर विवाद
उठिरहेको छ । म आफु पनि एउटा चेली भएको नाताले नेपाल अब नारीहरुका लागि
सुरक्षित ठाउा नभएको भन्ने निष्कर्षमा म पुगिसकेको छु । सीता राई, सरस्वती
सुवेदी, चोरिमाया महर्जन र भर्खरै मात्र लाहान सिरहामा एक जना बहिनीलाई
आफ्नै नाता पर्ने र चिनेका दुईजनाले गरेको बलात्कार ले हामी सबै नेपाली
नारीमा नेपालको कानुनबाट विश्वास उडेको छ ।
यति
दिन हुँदा पनि कारबाही नभएको र बलात्कारको बिषयमा कडा कानुन नभएको देखेर
कारबाही नभएको दखेर राष्ट्रलाई झक्झकाउन मन लाग्यो । तपाईहरुका चेलीबेटी
हुन् यिनी, तपाई आफ्नै सन्तानलाई यस्तो भएको भए ती मानिसहरुलाई बााकी
राख्नुहुन्थ्यो होला र ? देशको प्रगतिलाई आत्मसात गरेर हिाड्नुहोस अब,
सत्ताको पछि नलाग्नुहोस् । तपाई प्रधानमन्त्री भएदेखि धेरैको मनमा आशा
जागेको थियो, त्यसलाई विलीन हुन नदिनुहोस् । नेपाल आमालाई नरुवाउनुहोस्,
बिन्ती छ । र, अहिले जगन्य अपराध व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुहोस् र
महिला हिंसा र बलात्कार गर्नेलाई कडा सजाय दिन नियम बनाउनुहोस् र लागु
गर्न लगाउनुहोस् । अनि मात्र हामी तपाई र अरु पार्टीमा अनि नेपाल एउटा
सुरक्षित ठाउा हो भन्ने विश्वास गर्छौ ।
जय नेपाल
साभार : अनलाइन खबर
No comments:
Post a Comment
Thanx for your comment